साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा सत्य आधा भ्रम- २६

यी सबै पार्टीहरू आ–आफ्नै नामबाट दर्ता भएका छन्, र यिनले दुई तिहाई ल्याएर देशलाई रामराज्य बनाउने दाबी गरेका छन् । देशमा जति पार्टी, उति मत, उति उत्साह थपिएको छ ।

Nepal Telecom ad

अर्जुन दाहाल (क) :

नेपाल देशको विकास र प्रगतिको मूल आधार राजनीतिक दलहरू नै हुन् । जति धेरै पार्टी, उति धेरै नेता। जति धेरै नेता, उति धेरै कार्यकर्ता । उति धेरै कर्याकर्ता झन् धेरै योजना। अनि त, विकास पनि त्यत्तिकै छरपस्ट छ।

पुराना पार्टीका चिन्हहरू— रूख, घाम, गाई, हलो, हँसिया–हथौडा आदि थाहा भएकै हो । मझौला पार्टीका चुनाव चिन्हहरु: गोरुगाडाको चक्का, गिलास, बायाँ आँखा, इनार, मादल, बस, चिठ्ठा बोकेको परेवा. बुट्टे सारी,  यी सबैले नेपालको लोकतन्त्रलाई झनै व्यापक र रंगीन बनाएका छन् ।

अहिले बजारमा चर्चामा रहेका अति नयाँ पार्टीहरू पनि छन्, जसले चुनाव जितेर “दुई तिहाई” ल्याउने दाबी गरेका छन् । यिनीहरूको चुनाव चिन्हहरू झनै सिर्जनात्मक छन्:

बालेन पार्टी – चुनाव चिन्ह: डोजर
दुर्गा पार्टी – चिन्ह: बैंकबाट लोन लिंदै गरेको मान्छे
हर्क पार्टी – चिन्ह: फेसबुक लोगो
कुलमान पार्टी – चिन्ह: बलिरहेको बिजुली
भीम रावल पार्टी – चिन्ह: डिल मुनि हाम फाल्दै गरेको मानिस
जनार्दन पार्टी – चिन्ह: मुसोले तार काटेको क्यामेरा
विद्या पार्टी – चिन्ह: अस्ताएको सूर्य

यी सबै पार्टीहरू आ–आफ्नै नामबाट दर्ता भएका छन्, र यिनले दुई तिहाई ल्याएर देशलाई रामराज्य बनाउने दाबी गरेका छन् ।

देशमा जति पार्टी, उति मत, उति उत्साह थपिएको छ । अन्त्यमा, आजको “आधा सत्य, आधा भ्रम” मा अन्य थुप्रै नयाँ पार्टीका चमत्कारिक काम बारे लेख्न छुटाएकोमा नुन चिनी पानी क्षमाप्रार्थी छ।

०००
व्यङ्ग्य लेखक नुन चिनी पानी अमेरिकाका परिकल्पनाकार हुन्।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अबसुखीकरण कार्यक्रम:

अबसुखीकरण कार्यक्रम:

अर्जुन दाहाल (क)
बाजी:

बाजी:

अर्जुन दाहाल (क)
अन्तिम अस्त्र

अन्तिम अस्त्र

अर्जुन दाहाल (क)
आधा सत्य : आधा भ्रम- ५०

आधा सत्य : आधा...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम- ४९

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम – ४८

आधा सत्य, आधा भ्रम...

अर्जुन दाहाल (क)
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x