साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिमीसँग के छ ?

भोक ? गरिबी ? हीनताबोध ? एड्स ? सिफिलिस् ? प्रेम कविता ? आत्महत्याको लम्बेतान योजना ? जाँडे विद्रोह ? चिया पसलमा गफ चुटेर यो देशको मुहार फेर्ने नायकी ? के छ हौ तिमीसँग ?

Nepal Telecom ad

विनोदविक्रम के.सी. :

मसँग घरको न घाटको
सार्वभौम सत्ताधारी छ
फुर्सदमा पनि बेफुर्सद रहने
बाह्रैमासको बेरोजगारी छ
तिमीसँग के छ ?

मसँग रामहरुले खडा गरेका
हराम लोक छ
निमुखालाई उठ्‌नै नदिने
मनुस्मृतिको श्लोक छ
तिमीसँग के छ ?

मसँग हिउँद काट्न
तुषारोको राप छ
त्यतिले नपुगे
काठमाडौंको रवाफ छ
तिमीसँग के छ ?

मसँग देशभक्तको
काटिएको गलो छ
तिनै गलाहरुबीच अवस्थित
इतिहासको थलो छ
तिमीसँग के छ ?

के छ तिमीसँग ?
जो हतियारको रुपमा प्रयोग हुनसक्छ
भोक ? गरिबी ? हीनताबोध ?
एड्स ? सिफिलिस् ? प्रेम कविता ?
आत्महत्याको लम्बेतान योजना ?
जाँडे विद्रोह ?
चिया पसलमा गफ चुटेर
यो देशको मुहार फेर्ने नायकी ?
के छ हौ तिमीसँग ?

मैले जान्नु जरुरी छ
तिमीसँग मेरो वर्गीय/जातीय एकता
सम्भव छ कि छैन ?

एकता सम्भव भयो भने
हामी दुई मिलेर
क्रान्तिको कारखाना खोलौंला
म हाकिम/तिमी पाले
ओ.के. ?

त्यसैले विस्तारै भन/विस्तारमा भन
तिमीसँग के छ ?

०००
चाल्नाखेल, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x