साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाल नेपाल होस् !

माटोमा ममता सिँचेर समता राखौँ धरा उर्वरा । हेर्दै शान्त सुशील पौरखथला नेपालको सभ्यता ।। नौला सीप सजाउँदै प्रविधिले सम्पन बन्छिन् धरा । फुस्सा भाषण दम्भ ढाँट छलका वाग्जाल मासौँ सदा ।।

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

झर्ना ताल नदी वनस्पति अहा ! भन्ज्याङ अग्ला गिरि ।
झन् अग्ला हिमश्रृङ्खला वनचरी नाच्छन् सयौँ कस्तुरी ।।
घोड्ताप्रे अमला शिलाजित बुटी हर्राे र बर्रो फल ।
नानीझार सुुठो र सिस्नुु जमरा हुन् ओखती कम्बल ।।

शालिग्राम शिला तिलादि गुनिला, बेलीचमेली जुही ।
यार्सा याक उवा र फापर करू,चौँरी चरेका चुली ।।
अम्बा ओखर पारिजात निउरो,दुुर्वा र पन्ना हिरा ।
खोजीमा नित पार्थ झैँ अघि बढोस् सद्धर्म हो एकता ।।

सङ्ला दृष्टि लिएर कर्मपथमा, आराम बिर्सी बढे ।
नीचा दन्तबझान जर्जरपना निन्दा जुुगुप्सा सडे ।।
पक्कै शान्त र दान्त हुन्छ मुलुुकै समृद्धिले हल्चल ।
हुन्छन् शैल मधेस भोट सजिलै समृद्धिले मङ्गल ।।

वादैवाद नदीसमान बहँदै पुुग्छन् महासागर ।
पारावार छ ‘राष्ट्रवाद’ गहिरो भेटिन्छ रत्नाकर ।।
चोखा कञ्चन सोचमा अघि हिँडे समृद्ध नेपाल छ ।
दर्पै दर्प अहं घरैघर चढे नेपाल बर्बाद छ ।।

माटोमा ममता सिँचेर समता राखौँ धरा उर्वरा ।
हेर्दै शान्त सुशील पौरखथला नेपालको सभ्यता ।।
नौला सीप सजाउँदै प्रविधिले सम्पन बन्छिन् धरा ।
फुस्सा भाषण दम्भ ढाँट छलका वाग्जाल मासौँ सदा ।।

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x