साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यसरी किन पन्छिनु ?

कृष्णजी कति पत्यायौं तिम्रा आश्वासनस्वर अब ता उठ्न थालेछ तिमीमा जो थियो भर ।। गर्ने भए झट्ट गर्नू कि त सक्तिन भन्दिनू आशामाथि झुलाएर यसरी किन पन्छिनु ?

Nepal Telecom ad

रमेश खकुरेल :

आउला आउला भन्दा भन्दैमा जिन्दगी बित्यो
कोही त शुद्ध होला नि भन्दै छान्दै जुगै गयो ।।

दिन्छु दिन्छु भनी धेरै आए पत्यारमा पर्‍यौं
ढपोरशङ्ख मात्रै छन् आशा मात्र गरी मर्‍यौं ।।

न गौचरन बाँकी छन् न बाँकी मठ मन्दिर
जुत्ता लाई पशुपति पूजा गर्ने सबैतिर ।।

मायाँले सुम्सुम्याएर काखमै जब राख्तछन्
घिच्रो छुरीले काटेर स्वाद ली रक्त चाख्तछन् ।।

न धर्मको रह्यो मान न ता नियम बन्धन
एउटैको राज चल्छ गने नगद खन्खन ।।

पछि लागे बेचिदिन्छन् अघि लागे लखेट्तछन्
उडे पखेटा कत्रिन्छन् छेउ लागे अँचेट्तछन् ।।

भोका परेमा देखाई माग्ने भाँडा हुने भयौं
परिश्रम गरी खाए उनैले दुहुने भयौं ।।

कृष्णजी कति पत्यायौं तिम्रा आश्वासनस्वर
अब ता उठ्न थालेछ तिमीमा जो थियो भर ।।

गर्ने भए झट्ट गर्नू कि त सक्तिन भन्दिनू
आशामाथि झुलाएर यसरी किन पन्छिनु ?

०००
कमलपाेखरी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x