साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महाकवि लक्ष्मीप्रसाद देवकोटा !!

विरुपाक्ष नेपाली कवि विरुध्द एकै पटक स्वच्छन्द लेखन उभारको ज्वार उठाएर सर्वत्र सन्सनाउँने पहिलो प्रशान्त महासागरको थेगी नसक्नु सुनामी हो -महाकवि लक्ष्मीप्रसाद देवकोटो ।

Nepal Telecom ad

कलानिधि दाहाल :

मन्द पवन हारेर
-हवा चलेझैँ
हवाको वेग शिथिल भएर
-तूफान हुन्हुनाएझैँ
तीव्र गतिमा
अन्धविश्वास पोको पारेर
-बोराभरि
पुराना पत्कर हटाउँने हुरीझैँ
एकाएक
पूर्वी क्षितिज जन्मेर
म्याराथुन गतिमा
पश्चिम उचाल्दै
समन्वयको महासागरीय
सेतुको दरो जग हो
-महाकवि लक्ष्मीप्रसाद देवकोटो
विलासमा हल्लिएर
-शृङ्गार रम्ने
नैतिकताका नेल भिरेर
-पाण्डित्यको पन्डा घुम्ने
नियमको घाम तापेर
-आदर्शको कथित आँखो खुल्ने
कठपुतली विरुध्द
जमिनआकाश दुवैको
एकमुष्ठ विशाल वक्ष हो
-महाकवि लक्ष्मीप्रसाद देवकोटो
संस्कृतको जरोदेखि
टुप्पोसम्म
अङ्ग्रेजीको इतिहासदेखि
वर्तमानसम्मलगायत
सोह्रौँ भाषामा
अन्तरचक्षुको सुन्दर
अक्षरको हत्केलो हो
-महाकवि लक्ष्मीप्रसाद देवकोटो
घरवार बुझेर
दरवार उक्लिँदै
अन्यायीका तरवार समातेर च्याप्प
निरङ्कुश सत्ताका
अङ्कुश चुडालेर तुरुन्त
जनमनको धड्कनमा
न्यायको उज्यालो बत्ती बल्ने
प्रथम सर्वोच्चको
छोइनसक्नु न्यायाधीश हो
-महाकवि लक्ष्मीप्रसाद देवकोटो
मन्त्रीको कुर्सी उक्लेर
मेचीमहाकाली सर्वत्र
नेपाली भाषाको अनिवार्यता
उद्घोषण गर्ने
नेपाली जनचेतनाको
सावा अक्षर हो
-महाकवि लक्ष्मीप्रसाद देवकोटो
छेकेर सत्तासीनहरूले
रोकेर नेपाली अस्तित्वलाई
चारदिवारको बन्दी बनाउन खोज्ने विरुध्द
एक्लै दिल्ली दौडेर
भिसाको चाँजोपाँजो मिलाउँदै
गगनयात्राको सुदूर पश्चिम
हाम्फालेर अनायास
नाटकीय उचाइको हिम्मत उक्लेर
तासकन्दको शिखरबाट
नेपाली अस्मिताको
विश्वविगुल फुक्ने
अन्यायी बाबु जिउस विरुध्दको
नेपाली प्रथम प्रमिथस हो
-महाकवि लक्ष्मीप्रसाद देवकोटो
बाँजो जमिनमा
कनीकुथी नङ्ले कोट्याएर
नियमका
थोत्रा अनुशासनमा
निकम्मा भद्रताका
सानभित्र मान खोज्ने
विरुपाक्ष नेपाली कवि विरुध्द
एकै पटक
स्वच्छन्द लेखन उभारको
ज्वार उठाएर
सर्वत्र सन्सनाउँने
पहिलो प्रशान्त महासागरको
थेगी नसक्नु सुनामी हो
-महाकवि लक्ष्मीप्रसाद देवकोटो
स्वच्छन्द साहित्यको
अग्लो आसन उक्लेर
राजनीतिका जरा समाउँदै
निरङ्कुश ढ्याङ्ग्रा
प्वाल पर्ने गरी
प्रजातन्त्रको दरो गजोले बजाउने
पहिलो मानवतावादी
स्वतन्त्रताको देवदूत हो
-महाकवि लक्ष्मीप्रसाद देवकोटो
विनासञ्चयी बनेर
अथाह पूँजीआर्जन गरेर पनि
आर्तमन हँसाउँदै
आफू भोकभोकै मर्न तत्पर
खोक्रा प्रगतिशील
नाराका सर्वहारासामु
अर्कै आस्थाको शिखर भए पनि
सच्चा प्रगतिवादको मसीहा
सर्वहाराको सर्वोच्च मुटु
अनौठो भूकम्प
र सुनामीपछिको
-सभ्य
-सुन्दर
-हराभरा
-समग्र धराको
उज्यालो अनुहार हो
-महाकवि लक्ष्मीप्रसाद देवकोटो !!

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
नेता म मानूँ किन ??

नेता म मानूँ किन...

कलानिधि दाहाल
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x