साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुपलाग- तँलाई के ??

मेरा छोराछोरी पढ्दैछन् विदेशमा कोटा सिफारिस पाएर विशेषमा तिम्रा छोराछोरी स्कुल जान पाएका छैनन् देशमा-मलाई के ?

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

समस्या देशको छ देशले बुझोस्
समाजको छ समाजले बुझोस्
उसको छ, यसको छ
जसको छ, उसले बुझोस्।
म मेरोमा छु मस्त
छिमेकी मस्त छ कि त्रस्त -मलाई के ?

म छुँ सम्पन्नताको छहारीमा
तिमी लाइन बसेका छौ
जान साउदी, बेरोजगारीमा
मलाई के ?

मसँग त छ
धनदौलतको थुप्रो
तिम्रो छैन एक घाँसको झुप्रो
मलाई के ?

तिमीले बगाउँदा पसिना
म हुन पुगें सम्पन्न,
तिमी त जन्मजात थियौ
रह्यौ अहिले पनि विपन्न- मलाई के ?

मेरा छोराछोरी पढ्दैछन् विदेशमा
कोटा सिफारिस पाएर विशेषमा
तिम्रा छोराछोरी स्कुल जान
पाएका छैनन् देशमा-मलाई के ?

जब सुनेर उसका कुरा
जोरले लगाएँ झापड
र चिच्याएँ – हत्केला छ मेरो
हान्छु वा सुमसुम्याउँछु
चुपलाग- तँलाई के ??

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x