साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुपलाग- तँलाई के ??

मेरा छोराछोरी पढ्दैछन् विदेशमा कोटा सिफारिस पाएर विशेषमा तिम्रा छोराछोरी स्कुल जान पाएका छैनन् देशमा-मलाई के ?

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

समस्या देशको छ देशले बुझोस्
समाजको छ समाजले बुझोस्
उसको छ, यसको छ
जसको छ, उसले बुझोस्।
म मेरोमा छु मस्त
छिमेकी मस्त छ कि त्रस्त -मलाई के ?

म छुँ सम्पन्नताको छहारीमा
तिमी लाइन बसेका छौ
जान साउदी, बेरोजगारीमा
मलाई के ?

मसँग त छ
धनदौलतको थुप्रो
तिम्रो छैन एक घाँसको झुप्रो
मलाई के ?

तिमीले बगाउँदा पसिना
म हुन पुगें सम्पन्न,
तिमी त जन्मजात थियौ
रह्यौ अहिले पनि विपन्न- मलाई के ?

मेरा छोराछोरी पढ्दैछन् विदेशमा
कोटा सिफारिस पाएर विशेषमा
तिम्रा छोराछोरी स्कुल जान
पाएका छैनन् देशमा-मलाई के ?

जब सुनेर उसका कुरा
जोरले लगाएँ झापड
र चिच्याएँ – हत्केला छ मेरो
हान्छु वा सुमसुम्याउँछु
चुपलाग- तँलाई के ??

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
त्यो पनि त थियो जिन्दगी

त्यो पनि त थियो...

लक्ष्मण नेवटिया
मगजको गन्थन-मन्थन

मगजको गन्थन-मन्थन

लक्ष्मण नेवटिया
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x