साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक दिन साँढेसँग भेट हुँदा

Nepal Telecom ad

एक दिन
पशुपतिको दर्शन गर्न जाँदैथे
भोलेनाथलाई चढाउन
यसो फलफूल पनि लाँदैथे
बाटोमा भेटियो
एउटा बडेमानको साँढे
त्यो त रहेछ अति डाढे
उनले मलाई घुर्दै भने–
मेरा मालिक त खाँदैनन् केही पनि
के को खाने कुरा लान्छौ
मलाई खुसी नै नपारी
हेरौं यहाँबाट कसरी
तिमी मालिकको दर्शन गर्न जान्छौ
बरु अबदेखि माथिको होइन
मेरो पूजा गर
मलिकको भन्दा राम्रो तिमीलाई
म नै दिन्छु बर ।
मन्त्रीका पी.ए. जस्तै
साँढेका कुरा सुनेर
म त इन्तु न चिन्तु बनें
तैपनि उनलाई फकाउँदै भनें–
तिम्रो मालिकलाई भन्ने के कुरा छ ?
लौ भन म खबर बोकिदिन्छु
तिमी पनि त लक्ष्मीका पति हौ
दर्शन गर्ने चाँजो मिलाई देऊ
बरु तिम्रा चार पाउमा ढोकिदिन्छु ।

उनले भने फाल्दै नाकबाट गन्धका पर्रा
मानाँै, धोकेकाथे राति टन्न लोकल ठर्रा
मेरा लक्ष्मी त कति छन् कति
मलाई धेरै नजिस्काऊ है
तिमी पनि रातै बस्त्रमा रहेछौ
थाह छैन तिमीलाई ?
मलाई कति रिस उठ्छ अब
रातो लाउने जति,
दर्शन गर्न चाहने हो भने
मलाई हरियो घाँस चाहिन्छ
अनि मात्र मालिकको दर्शन पाइन्छ ।

मैले उसलाई रातो बस्त्र देखेपछि
रिस उठ्नुको रहस्य खोजेँ
उनले भने फुलाउँदै भोजे (चारो राख्ने थैलो)–

मालिकलाई जीवनभरि बोक्नु बोकेँ
एक दिन मालिकलाई

मेरो बिहे गराइ दिन मनको कुरा पोखेँ
उनले हुन्छ हुन्छ भन्दै भुलाउँदै लगेँ
भोलिपर्सि भनीभनी फुलाउँदै लगेँ
पछि आफैँ पो रातो सारी लाएछन्
मलाई चक्मा दिन
मेरै प्रेमिका भई आएछन्
म पनि कस्तो भुस्कुट नै रहेछु
दङ्ग पर्दै कयौँ दिन फेरि उनलाई बोकेँ
एक दिन रहस्य खुलेपछि
मालिक मन्दिरमा कुलेलम ठोके,
त्यसैले आज
रातो बस्त्रदेखि
साह्रै रिस उठ्छ
रातो लाउने जतिलाई देखेँ कि
हान्दिऊँ कि जस्तो झोँक छुट्छ
आजसम्म शिवालयमा
उनैलाई पर्खी बस्या छु
तिमीलाई के थाहा बालक
म कहाँ कहाँ कतिपटक
मालिकसँग यसरी फस्या छु ।
काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x