साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुवाडे

Nepal Telecom ad

जुटेका छन् जुवाडे त खाल खडा छ

जमेका छन् खालमाथि खेल कडा छ
जित्ने अनि हार्नेहरू देख्दा सराबरी
हारे पनि जिते पनि खेल बराबरी ।

सिङ्गै देश बनाएछौ ओछ्याउने काम्लो
कौडा बने रैती जति जुवाको यो माम्लो
छक्का भनी छाति पिट्दै जुवा चम्केको छ
सत्ता दाउ हात पार्न खाल गम्केको छ ।

मेरो मार्रा भन्छ यौटा अर्को मेरो भन्छ
छ सौ एक मेरै भनी अर्को टाउका गन्छ
जुवाडे ए नेता तिमी देश मार्ने दाउ
तिम्रै जीतबाजीद्वारा बन्यो ठूलो घाउ ।

पाङ्ग्रे पुत्ले रमाएर जुटे च्याँखेधर्ना
खप्पिस छन् बिनापत्तै कौडा पनि चोर्न
घोप्टो कौडा गन्छन् कैले ठाडा पारी–पारी
रन्कारन्की रमिता छ खाल वरिपरि ।

उपद्रो छ कैले भने जुँगा तानातान
आफ्नैभित्र छिर्के मार्दै कैले हानाहान
जितेँ जितेँ भन्दाभन्दै हारेको छ कोही
हार्दाहार्दै सत्ताको तर मारिरेछ कोही ।

भोको पेट मतदाता पखालाले ग्रस्त
जुवाडे चैँ दाउ थापी खालभित्रै मस्त
हार्ने जित्ने, जित्ने हार्ने गर्दै जालझेल
नेता तिमी कति खेल्छौ देश हार्ने खेल ?
कलङ्की काठमाडौँ
५ भदौ २०६७

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x