सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पुच्छर

Nepal Telecom ad

हल्ला गर्दै म हल्लिन्छु म हुँ हवल्दार
दायाँ बायाँ, दायाँ बायाँ गर्छु बारम्बार
उति धेरै महत्व छ जति लामो ताँती
चानचुने कस्ले ठान्छ ? म नेताको साथी ।

चाल्पाएका छैनौ क्यारे पुच्छरको रिस
त्यस्का सामु केही हैन गोमनको विष
वृत्ति विकास गर्ने भए गर मेरो पूजा
नत्र भने तिम्रा भाग्य हुन्छ धुजा धुजा ।

तालपर्दा इनन्द्रजीत यस्मै बाँधिएथ्यो
रावणको लङ्का समेत यस्ले डढाएथ्यो
जताततै देखिंदैछ बाँकी अझै जल्न
पुच्छरहरू एक बनौं आफ्नै घर पोल्न ।

इमान र जमानको कैले हुन्थ्यो भाउ
जाल हान्ने खुट्टा तान्ने मन्त्र सिक्न आऊ
छेपारोले फेरै जस्तो फेर्नु पर्छ रङ्ग
तब पर्छन् पुच्छरका मालिकहरू दङ्ग ।

हल्ला गर्दै म हल्लिन्छु म हुँ हवल्दार
दायाँ बायाँ, दायाँ बायाँ गर्छु बारम्बार
हाति छिर्यो म अड्किने छैन अब दुलो
हेर्दाहेर्दै बनिसकें जुँगा भन्दा ठूलो ।

कलङ्की, काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x