साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता उवाच

Nepal Telecom ad

युवाशक्ति बेचिएर कतार र खाडी
घोडाभेडा चराउँदै त्यतै मरून् झाडी
स्वरोज्गार चाहिँदैन शिर काट्नेलाई
लाज छैन कमिसनको तर चाट्नेलाई ।

ठेक्का पट्टा मात्रै पेसा आफ्नो बनाएर
भ्रष्टाचारको कुहिगन्धे नाली गनाएर
किनारामा उभिने त्यो को हो नाक थुनी
ती सबैले छिर्नुपर्छ मेरै टाङ मुनि ।

यो बाटो नै बिव्ल्याँटो छ जति हिँड उहीँ
घुमिफिरी रूम्जाटार जति घुम उहीँ
घिच्नेहरू घिचिरेछन् छाति ठोकी–ठोकी
विदेशीकै इसारामा भारी बोकी–बोकी ।

यो माटो नै बैगुनी छ किन पार्ने खुसी
नराखेर छोक्रा पनि भेट्नै चुसी–चुसी
आफ्नै डम्फू बजाउँदै अहंकार बोकी
पाउ मोली सिङ्गै देश जिम्मा दिने हो कि ।

संविधान जाबो कुरा किन लेख्नु प¥यो ?
पैले पनि छँदै थियो के चैं खालो स¥यो ?
सहमति सहमति मूलमन्त्र यही
छक्याउन पाए भयो अरू वर्ष केही ।

लाग्नुपर्छ घून बनी धमिरा र कीरा
हैन भने करौँतीले पार्दै चिरा–चिरा
कित्ताकाट गर्नैपर्छ लाउन भागबण्डा
के काम यो राष्ट्रियता पोले हुन्छ झण्डा ।

२१ असोज २०६९
कलङ्की, काठमाडौँ

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x