साइबर अपराध सम्बन्धी सचेतना सामग्री

को कसका सन्तान ?

Nepal Telecom ad

च्यातिएको टोपी र दौरा–
टालेको भोटो र सुरुवाल
लगाएका मान्छेहरू
निश्लोट अँध्यारोमा
लालबहादुर शास्त्री र होचिमिन्ह खोजिरहेछन्
सल्लाको छेस्को बालेको प्रकाशमा
पेरिसडाँडा, बल्खु र सानेपामा
आफ्नो अनुहार उज्यालो देखाउने
ऐना खोजिरहेछन्
–ती मान्छेहरू
एकपटक मुसुक्क हाँस्ने
साइत पर्खिरहेछन् ।
ऐना फुटेकोछ,
उस्ले हाँसो पनि फुटेको देखाउँछ
जोडिँदैन फुटेको ऐना
तैपनि जोडिन्छ कि भनेर
पर्खिरहेछन् मान्छेहरू ।

नव लालबहादुर र नव होचिमिन्हहरू
भारतमा बेथिति उठाइरहेछन्
अमेरिकासँग साँठगाँठ पछिको
मित्रता गरिरहेछन्
तर
सत्य कुरा भन्न
धेरै हिम्मत गर्नु नपर्ने भए
र
कुनै जोखिम ब्यहोर्नु नपर्ने भए
जोसुकैले किटेरै भन्नेथिए–
एउटा प्रश्नको जवाफमा
शक्तिमा भएकाहरू ‘को कस्को अजैध सन्तान हुन्’– भनेर ।

चन्द्रगढी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परान गो

परान गो

भोलानाथ सुबेदी
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x