हिरा भट्टदनक दुई
बल्ल चिनियो
गाई हौ कि भनी तिहारहरूमा पूजा गरेकै थिएँ !
तिम्रै निम्ति कुँडो र घाँस हरियो खान्थ्यौ छरेकै थिएँ !!
देखें आज हरे कुनै सिङ बिना यात्रा गर्यौ जो शुरू !
मात्रै हैन गधा तिमी गजबको रैछौ गधाको गुरु !!
अब त अति भो…
गंगाको जल स्वार्थले धमिलियो माछाहरू हो उठ !
साँढे–हैकम पो पुग्यो शिखरमा बाच्छाहरू हो जुट !!
हे प्यारा खहरे बजाउ तबला संसार थकार्उने !
यौटा हाँस्दछ स्वर्णका महलमा अर्को पिंढीमा रुने !!
धनगढी
Subscribe
Login
0 Comments
Oldest







































