साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिन थप्पड

Nepal Telecom ad

खन्+पुरे विकास

खनेर सडक सुरु भयो
पुरेर सडक पूरा भयो
पूरा भैसक्दा खन्ने कुरा आयो
ढल पुरिसक्दा खानेपानी भन्ने सुरो आयो
टेलिफोनलाई खनियो, विजुलीलाई पुरियो
विकास विकास भनियो, थैलो पनि भरियो
हाम्रो हाम्पुरे हाब्रो कहिल्यै पुरिएन
हाम्रो खन+पुरे विकास कहिल्यै तुरिएन ।
प्रकाशितः सिस्नोपानी, गाईजात्रा–२०५७

अटो निबन्ध
तलब
सरकारले कर्मचारीको तलब बढायो । तलब प्रतिको लबले गर्दा कर्मचारीको बल बढ्यो । बल बढेकोले बतलप्रति लत बस्यो । बतलको लत बसेकाले तलकालाई तलबले पुगेन । माथिकाको त भ्रष्टाचार गर्ने लत छँदै थियो । तलकालाई पनि सतमा अडिन गाह्रो पर्यो । यसरी मुलुकमा भ्रष्टाचार र तलब बृद्धि सधै एक अर्काका परिपूरकको रुपमा रहिरहे ।
प्रकाशितः भुँडी पुराँण, गाईजात्रा–२०५७

पाचक

छोराः बा, भोक लाग्यो, भोक लाग्यो भन्या ।
बाः लाउडा खा मोरा ।
छोराः नाई ई ई ई खान्न ।
बाः त्यत्रा ठूला मान्छेहरूले खाएको चिज तैले खान नहुने ? खा ।

प्रकाशितः भुँडी पुराँण, गाईजात्रा–२०५८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x