टिपनटापनसाइन्टिस्टहरू त त्यसै भन्छन्…
सेरे जागिरको लागि इन्टरभ्यु दिन गएछ । तर उसलाई केहि पनि आउदैन रैछ । उसले भर्खरै इन्टरभ्यु दिएर बाहिर निस्केको मान्छेलाइ के के सोधियो भनेर सोधेछ । त्यो मान्छेले भनेछ–
१. नेपालको प्र म को हुन् ?
उत्तर– सुशिल कोइराला ।
२. नेपालमा प्रजातन्त्र कहिले आएको थियो ?
उत्तर– प्रयास धेरै अगाडिदेखि गरेका हुन् सफलता चैं २००९ सालमा पाए ।
३. के चन्द्रमामा मान्छे छ ?
उत्तर– साइन्टिस्टहरू त्यसै भन्छन् अनुसन्धान भै रहेको छ ।
तर सेरेले प्रश्नलाई ध्यान नदिई उत्तर कण्ठ गर्न थालेछ । जब उसको पालो आयो ऊ भित्र गएछ । उसलाई प्रश्न सोधिएछ–
१.तपाइँको नाम ?
उत्तर– सुशिल कोइराला ।
२. हो र, कहिले जन्मनु भो ?
उत्तर– प्रयास धेरै अगाडिदेखि गरेका हुन् सफलता चैं २००९ सालमा पाए ।
३.तपाइँ पागल हो कि के हो ?
उत्तर– साइन्टिस्टहरू त्यसै भन्छन् अनुसन्धान भैरहेको छ ।
–गणेश खनाल
Subscribe
Login
0 Comments
Oldest






































