साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तात्तो न छारो

Nepal Telecom ad

ओठमा चेपारे लाली पोत्नेहरू आऊ,
संगिनीको तिघ्रो चिमोट्नेहरू आऊ,
कोदालीपाते दाँतहरू ङिच्याएर आऊ
आन्द्राभुँडी निस्कने गरी चिच्याएर आऊ ।

अब विचारै धोके पनि केही हुँदैन 
संसारै खोके पनि केही हुँदैन
बेकारका खञ्चुवा विद्वान् व्यक्तिहरू,
तात्तो न छारोका अभिव्यक्तिहरू ।

गरिबका रहरहरूमा ‘थु’ गर्नेले सोच
डराएर कट्टुुमा ‘सु’ गर्नेले पनि सोच,
तात्तो न छारोका कुराले गोरु ब्याउँदैन ।
समय बग्दो छ फर्कि आउँदैन ।
सुन ए ! सबैले,
बादलहरू दलमा फसेपछि,
मादल बजाउनेहरू कसरी दलदलमा फस्दैनन् ?

अब दुईचार दिनमा संविधान बनाउने रे
अनि राष्ट्रको जयजय मनाउने रे !
दिनदिनै आन्दोलन र बन्द गर्छ,
तात्तो न छारोको कुराले यहाँ के गर्छ ?
अरुको विकास हेर्दै मुखबाट थुक निकाल्छन्,
आफ्नो विकास गर्न दाँतबाट पसिना निकाल्छन् ।

मेरा बा आमाको पसिनाको बाली,
आउँछन् फर्सीटाउकेहरू सुँघ्दै नाली
कति अटाउने त्यो घ्याम्पे भुँडीमा,
सिध्याएर भकारी नै झन् लुछाचुँडीमा ।

के गन्लान् हामीलाई ठुला ठालु,
ती मुला हामी आलु पिडालु
थिचो र मिचोमा कुच्याई यो दुर्गति,
तात्तो न छारोकोके बाँच्नु जिन्दगी ।

चारघरे, नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चुनावी महाभारत

चुनावी महाभारत

केशवराज अर्याल ‘निश्चल’
बेरोजगारलाई सुनको धाक !

बेरोजगारलाई सुनको धाक !

केशवराज अर्याल ‘निश्चल’
लालपुर्जामा फोटो टाँस्न त पाइन्थ्यो

लालपुर्जामा फोटो टाँस्न त...

केशवराज अर्याल ‘निश्चल’
मै हुँ चिडियाखाना

मै हुँ चिडियाखाना

केशवराज अर्याल ‘निश्चल’
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x