साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा दर्जन ठोक्तक– ३

Nepal Telecom ad


आफ्नै विचार राम्रो मान्छन् राजनीतिकर्मीहरू
अर्कालाई खराब ठान्छन् राजनीतिकर्मीहरू
कालोलाई सेतो भन्न पर्छ भने यै हो सत्य
भनीकन कसम खान्छन् राजनीतिकर्मीहरू ।


घुस र कमिसनले बन्यो महल उहाँको
हेर्न लायक क्या छ चहल पहल उहाँको
हिजोसम्म गर्नु हुन्थ्यो चाकरी कतै
आज गर्छन् सेवक सेवा टहल उहाँको ।

३.
कसैलाई लडाएर मजा लिने गर्छन् कोही
कसैलाई उचालेर पीडा दिने गर्छन् कोही
विश्वासका हातहरू सबैतिर भेटिदैनन्
लुकि छिपि धोका दिई नदेखिने गर्छन् कोही ।


कर्तव्य पथबाट भाग्दै छौं हामी
उल्टा अभियानमा लाग्दै छौं हामी
गरिब छु भन्दै लाजै नमानी
सुनको थालीमा माग्दै छौं हामी ।

५.
नेताहरू आफ्ना–आफ्ना डम्फु बजाउँदै छन्
रहर लाग्दा बालुवाका महल ठड्याउँदै छन्
सहमतिका चिल्ला रोटी पकाए झैँ गरी
जनतालाई विवादका दोहोरी सुनाउँदै छन् ।

६.
कुरा पानीको गर्दै आगो सल्काउनेहरू छन्
भाषण सहमतिको गर्दै सत्ता पल्टाउनेहरू छन्
यो मुलुक सदियौँदेखि चलिरहेछ यसरी नै
यहाँ त सल्टिसकेका समस्या पुनः उल्टाउनेहरू छन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधा दर्जन ठोक्तक

आधा दर्जन ठोक्तक

डा.घनश्याम परिश्रमी
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x