साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा दर्जन ठोक्तक

धार विनाको तरवार बेकार छ विवेक विनाको विचार बेकार छ हरेक कुराको आफ्नै आधार हुन्छ शासन विनाको सुधार बेकार छ ।

Nepal Telecom ad

१.
फोहोरमा हिड्नेहरू सांसद बनेका छन्
पैसाले मत किन्नेहरू सांसद बनेका छन्
जनतालाई फकाएर खुवाउँछु भन्दै
लोहोरो उसिन्नेहरू सांसद बनेका छन् ।

२.
बाग्मतीमा शुद्ध जल खोज्दै छौ तिमी
कायरभित्र आत्मबल खोज्दै छौ तिमी
बगाएर बगरमा पानी पसिनाको
लगानीको प्रतिफल खोज्दै छौ तिमी ।

३.
हाल्न आँखाहरूमा छारो मन पर्छ उहाँलाई
नरम रुचाउनु हुन्न सारो मन पर्छ उहाँलाई
हर्मम देखिनु हुन्छ उज्यालोको बध गर्न उत्सुक
जुनेली रातमा पनि अँध्यारो मन पर्छ उहाँलाई ।

४.
धार विनाको तरवार बेकार छ
विवेक विनाको विचार बेकार छ
हरेक कुराको आफ्नै आधार हुन्छ
शासन विनाको सुधार बेकार छ ।

५.
गहिरो नदीको प्रवाहमा जङ्घार खोज्दै छु म
खण्डहर जस्तो बूढो सहरमा जीणर्ोद्धार खोज्दै छु म
खोजी अलि भिन्न प्रकारको छ अचेल मेरो
बेइमानहरूको बस्तीमा इमान्दार खोज्दै छु म ।

६.
हरियालीको नारा दिँदै जङ्गल फाड्दै छौँ हामी
मेलमिलापको लक्ष्य लिँदै एकता भाँड्दै छौँ हामी
हावातालमा समृद्धिका कुरा भने खुब गर्छौं
गरिबलाई उठाउँ भन्दै गरिबी बाँड्दै छौँ हामी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x