डा. दामाेदर पुडासैनी किशाेरटाउको जोगाऔं
खराब समय छ
मूल्यवान छ टाउको
यस्तो बेलामा जोगाउनुपर्छ टाउको
जे गर्छ टाउकोले गर्छ
जे सिकाउँछ टाउकोले सिकाउँछ
यसभित्र सबै कुरा अटेको छ
यसमै सबै कुरा अडेको छ
यो धेरै मूल्यवान छ
त्यसैले जोगाउँनुपर्छ टाउको
गर्मीको बेलामा घामबाट
जाडोको बेलामा चिसोबाट
अरु बेलामा अरुबाट
कहिले गोलीबाट
कहिले बोलीबाट
जोगाउँनै पर्छ यसलाई
संसारको कल्पना गर्न सकिदैन
टाउकोबिना
संसार हो टाउको ।
बहादुरी गरेर भए पनि
चाकरी गरेर भए पनि
टाउको चढेर भए पनि
खुट्टामुनि छिरेर भए पनि
शिर ठाडो पारेर भए पनि
निहु¥याएर भए पनि
बहुमूल्य यो टाउकोलाई
जोगाउँनै पर्छ, बचाउँनै पर्छ ।
Subscribe
Login
0 Comments
Oldest





































