साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म आफ्नै देशसँग असन्तुष्ट कवि

Nepal Telecom ad

मेरो देशसँग
म असन्तुष्ट छु ।
ज्यादै नै असन्तुष्ट
जुन देशमा म जन्मो
त्यही देशले
मलाई अराजक कवि बनायो ।
नागरिकता थमाएर
जबरजस्ती
यो देशको नागरिक बनायो ।
मेरो भाग्य माथि सधैं
सङ्घर्ष र पीडा बोकायो
सपनाको गह्रुङ्गो ऋण
जीवनभर तिर्दातिर्दै थकित तुल्यायो ।
मेरो देशले मलाई
फगत्
कालो भविष्य दियो
सधैं विरोधमा
सधैं माटोको विरुद्धमा
कविता लेख्ने अराजक
कवि बनायो ।
यो देशले नागरिकता
थमाएर
मेरो हातमा
अपाहिज तुल्यायो ।
सधैं विरोधमा
सधैं विरुद्धमा
कविता लेख्ने अराजक
कवि बनायो ।
म मेरो देशसँग
असन्तुष्ट छु
साह्रै असन्तुष्ट ।
आफ्नै देशको विरुद्धमा
आवाज उठाउनु पर्ने
स्थिति
यही देशले नै बनायो ।
जुन देशमा म
दुर्भाग्यले जन्मो ।

२१/४०८ वर्तमान वस्ती
पुत्तलीसडक, काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नयाँ वर्ष र पुराना सपनाहरू

नयाँ वर्ष र पुराना...

प्रमोद स्नेही
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x