सुलसुलेइच्छुक महोत्सव सम्पन्न
काठमाडौं, १७ जेठ/इच्छुक सांस्कृतिक प्रतिष्ठानद्वारा आयोजित त्रिदिवसीय विशेष साहित्यिक महोत्सव सम्पन्न भएको छ । प्रत्येक वर्ष सांस्कृतिक वलिदान दिवसको अवसरमा आयोजना गरिने उक्त महोत्सव नेपाली भाषा साहित्य प्रज्ञा प्रतिष्ठानको सभाहलमा सम्पन्न भएको हो ।
पहिलो दिन राष्ट्रियता र राष्ट्रिय संस्कृति विषयक राष्ट्रिय कविता महोत्सव सम्पन्न भयो । कविता महोत्सवमा अतिथि र प्रतियोगी गरी करिव पचास जना कविहरूले आ–आफ्ना रचना वाचन गरेका थिए । तिनै दिनको कार्यक्रमका प्रमुख अतिथि मोहन वैद्य्य ‘चैतन्य’ थिए भने विशिष्ट अतिथि भारतीय अग्रज साहित्यकार प्रा.डा. शंभुनाथ साव थिए ।
दोस्रोे दिन सांस्कृतिक साम्राज्यवाद र राष्ट्रिय संस्कृति विषयक अन्तर्राष्ट्रिय विचारगोष्ठी सम्पन्न भयो । कार्यक्रममा प्रा.डा.शंभुनाथ र साहित्यकार ईश्वरचन्द्र ज्ञवालीको कार्यपत्रमाथि साहित्यकार गोविन्दराज भट्टराई, प्रदीप ज्ञवाली र आहुतिले टिप्पणि गरेका थिए । प्रमुख अतिथि मोहन वैद्यय ‘चैतन्य’ले कार्यपत्र र टिप्पणिमाथि संश्लेषणात्मक मन्तव्य राखेका थिए ।
तेस्रो दिन जेठ १७ गते इच्छुक स्मृति तथा सांस्कृतिक वलिदान दिवस मनाइयो । उक्त अवसरमा यस वर्षका पुरस्काररू पनि वितरण गरिएको थियो । वरिष्ठ साहित्यकार ऋषिराज बराललाई कृष्णसेन इच्छुक साहित्य पुरस्कार, सहिद शारदा श्रेष्ठलाई कृष्णसेन इच्छुक कला पुरस्कार र शान्ति कठायतलाई कृष्णसेन इच्छुक प्रतिभा पुरस्कार वितरण गरियो । साथै कविता महोत्सवमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने कविहरू क्रमशः खोमा तरामु मगर, मुक्तान फेवा, दीपज्योति थापा र रोशन पुनलाई समेत पुरस्कार प्रदान गरिएको थियो ।
जनपक्षीय पत्रकार तथा कवि कृष्णसेन इच्छुकलाई २०५९ साल जेठ १३ गते सत्तापक्षद्वारा हत्या गरिएको थियो ।
Subscribe
Login
0 Comments
Oldest












































