साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोक्तक

Nepal Telecom ad

१.
धर्म विहीन विज्ञान लङ्गडो हुन्छ धर्म
विज्ञान विहीन धर्म अन्धो हुन्छ मर्म
मानवताको सही पहिचान गर्ने नै हो भने
सबभन्दा गाँठी कुरा रहेछ आ–आफ्नो कर्म ।

२.
बिष पनि कहिलेकाहीँ अमृतसरी पिउँनु पर्छ
दुःख सुख जिन्दगीमा समय अनुसार लिनुपर्छ
हरेश खाएर यो जीवन नर्कसरी पार्नु हुन्न
थोपा थोपा सँगालेर यो जिन्दगी जिउनुपर्छ ।

३.
मौसम चिसो छ तर मन तातो छ
जिन्दगीको रङ्ग चाहिँ साँच्चिकै रातो छ
साँचो माया गर्नेहरूका लागि यो संसारमा
हाइवे जस्तै मायाको सोझो बाटो छ ।

४.
नानाथरी कुराहरू यो मनमा आइरा’छन्
दुःख कष्ट घुम्दै फिर्दै यो शरीरले पाइरा’छन्
सरकारका टी.भी. अनि रेडियोले चाहिँ
झुठामुठा समाचारका गीतहरू गाइरा’छन् ।

५.
दोबाटोमा उभिएर तिमीलाई कुरिरा’छ
यो मनका ईच्छालाई मनभरि साँचिरा’छ ।
माया गर्र्छु तिमीलाई सत्ते धरोधर्म !
त्यसैले त आजसम्म यो जिन्दगी बाँचिरा’छ ।

जुकेना– ६, अर्घाखाँची, हाल : मण्डिखाटार, काठमाडौ
अभिव्यक्ति अङ्क १७१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x