साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक दिन यस्तो हुनेछ

Nepal Telecom ad

एक दिन संसारमा यस्तो पनि दिन आउने छ
भोकमरी पर्नेछ मान्छेले मान्छे खाएर अघाउने छ ।

पृथिवीले गति फेर्ने छ घडी उल्टो घुम्नेछ
चन्द्रर सूर्य पश्चिमबाट उदाइ पूर्व अस्ताउने छ ।

प्रलय हुनेछ महाभारत शृङ्खला फेरि दोहोरिनेछ
जीवित कोही रहन्छ रहन्न सन्नाटा छाउने छ ।

पुराना ग्रन्थ पुराना संरचना ध्वस्त पारिने छ
नयाँ पुस्ताले छुट्टै नयाँ इतिहास लेखाउने छ ।

मान्छेको शक्ति देखेर भगवान् चकित भएर
जे जे भन्छ मान्छेले चुपचाप् सहमति जनाउने छ ।

भगवान्ले छोड्ने छ, भक्त गएर मन्दिर बस्ने छ
साँझ बिहान भगवान्ले भक्तको भजन गाउने छ ।

भावी डराउनेछ छैठीको दिन भाग्य निर्धारण गर्न
लेख्ने कलम मसी भावीले मान्छेलाई थमाउने छ ।

दुःख पिर शोकबाट मान्छेले मुक्ति पाउनेछ जब
चाहना अनुसार मान्छेले आफ्नो भाग्य खोपाउने छ ।

नीति फेरिनेछ संसारकै परिस्थिति बदलिनेछ
हरेक कार्यालयले मान्छे मान्छेलाई कर बुझाउने छ ।

बसेरी– ५, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अहङ्कार मेट्ने बुटी दे जमाना

अहङ्कार मेट्ने बुटी दे...

पुरूषाेत्तम सिग्देल
छैन

छैन

मरुभूमि नारायण
धुतारे छ उस्तै नजानी पुजेछाैँ

धुतारे छ उस्तै नजानी...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x