साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नदी र बुढो रूख

Nepal Telecom ad

बूढो रूख उभिएको छ
नदी किनारको छेउ !

चट्याङ लागेर
भाँचिएको करङजस्तो
बूढो रूखको टोड्का–टोड्कामा
विषालु सर्पहरू छन्
सर्पका अवशेषहरू छन्
रङ्ग फेर्ने चलाक छेपाराहरू छन्
र हर साँझ
स्यालहरू मृत्युको मलामी–शङ्ख फुक्छन्
फेदैको झाडीमा !

आतङ्कको आकाश घुम्छन्
कौवाहरू
बाजहरू
चीलहरू
गिद्धहरू
र फर्किन्छन साँझमा
र बूढो रूख भरिएर आउँछन् !

बूढो रूख उभिएको छ
नदी किनारको छेउ !

लाग्थ्यो
नाङ्गो पहाड जस्तै लाग्थ्यो
पोहोरसम्म .. परारसम्म ..
उसका हाँगा–हाँगाहरू सुकेका थिए
उसका पात–पातहरू झरेका थिए
भाँचेर हुरी–बतासले
ढल्छ जस्तै पनि लाग्थ्यो
ढल्नुपर्ने तर ढलेन ..
छेउ कटान गर्दा पनि
गड्गडाउँदै नजिकै उर्लिरहेको
नदीका छालहरूले !

घुर्यान र मलखातमा
खेल्ने कुखुरा र चल्लाहरू
धुरी र बलेनीमा उड्ने परेवा र बचेराहरू
त्यै रूखमा आउने जाने
कौवा, बाज र चीलहरूले टिप्छन्
मृत्यु बोलाउँछ त्यै रूखको फेदीबाट
र्याल चुहाउँदै स्यालहरू
र आन्द्रै आन्द्रामा झुन्डिएको सपना देख्छ
झोक्रिरिँदै टुप्पामा बसेका गिद्धहरू !

बूढो रूख उभिएको छ
नदी किनारको छेउ !

यता
हिउँद लागेको छ छेउमै बग्ने नदीलाई
खडेरी लागेको छ खोला झर्नाहरूलाई
बालुवैबालुवाका घर भएका छन् बगरहरू
टावरैटावर भएका छन् ढुङ्गाहरू !

म त्यसैले पनि
नदीमा आउने भीषण बर्खा पर्खिरहेछु
आँधी र तुफान पर्खिरहेछु
उर्लेका छालहरूले बूढो रूख ढालेको हेर्न चाहन्छु
जरा–जराहरू उखेलेको हेर्न चाहन्छु !

बूढो रूख उभिएको छ
सदियौंदेखि नदी किनारको छेउ !

हालै विमोचित कृति ‘इश्वरको खेती’बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x