साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठूलाघरेहरू

Nepal Telecom ad

ठूला घरका झ्यालका पर्दाहरू पातला भकाए छन्
पारदर्शी भएका छन्
हुँदा–हुँदै ठूला घरका झ्यालका
पर्दा हराएका छन्,
अहिले त
भित्रका दृश्यहरू देखिँदै छन्
तर थाहा छैन उनलाई
अनि त
ठूला घरेहरू ढुक्क छन्
तर उनका मन र पेटहरू
छरपस्ट भएका छन्–
उनका भ्रष्ट कृत्यहरू
सर्वत्र पुगेका छन् ।

पर्दा लाउनु भनेको
दृश्यहरू छोप्नु हो
दृश्यहरू रोक्नु हो
दुष्कृत्यहरू रोक्नु हो
त्यसैले
ठूला घरमा
धेरै पर्दा लाग्छन्
ठूला घरमा दुष्कर्महरू धेरै हुन्छन्
ठूला घरमा अधर्म र पाप पनि धेरै हुन्छन् ।

ठूला घरेहरू
पहिला पहिला त
बाक्ला र मोटा पर्दा लगाउँथे
र लुकेर दुष्कर्म गर्थे
भद्रताको खोलभित्र, आवरण भित्र बस्थे
दुष्कर्म र पाप त गर्थे
तर
शालीन देखिन रहर गर्थे
अभद्र मन र मस्तिष्क लुकाएर
भद्र देखिन रहर गर्थे
बाक्लो पर्दा भित्र बसेर
षडयन्त्रकारी मनलाई धारिलो बनाउँथे ।

अहिले त
ठूला घरेहरू,
कमिसन खान बानी परे
जाली बिल बनाउन बानी परे
त्यसैले
ठूला घरेहरू
पातला पर्दा किन्न थाले
मोटा बिल बनाउन थाले
अझ अहिले त
ठूला घरेहरू
बिलमात्र बनाउन थाले
पर्दा लाउन छाडे
आफ्नै घरको पर्दाको
जाली बिलमात्र बोक्न थाले
र झ्यालमा पर्दा लाउन छाडेपछि
ठूला घरेहरू
झन् धेरै दुष्कर्म र पाप गर्न थाले ।

झापा
२०७१ जेष्ठ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
साहेबहरूका चटक

साहेबहरूका चटक

लीला उदासी
विष्णु नवीन

विष्णु नवीन

लीला उदासी
उहाँ

उहाँ

लीला उदासी
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x