साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डायरीको पानाबाट

Nepal Telecom ad

सानैदेखि पढाइभन्दा लडाइतिरै लागियो
जति पटक जाँच दिए पनि आलु मात्र खाइयो,
छिमेकीका कुखुराकुखुरीको बिल्लिबाठ पारियो
काली–गोरी सबैसँग मायापिर्ती लाइयो ।

बुर्जुवा शिक्षा बहिष्कारको नारा घन्काइयो
डाँडापाखा जताततै आँखा सन्काइयो,
भूमिपति भूमिगतबाट मन्त्र ग्रहण गरियो
यताउता गर्दागर्दै नेतामा नाम दरियो ।

गाउँमा टिक्न नसकेर राजधानी चढियो
अन्डरग्राउन्ड भैटोपली दलानमा सुतियो,
छोयला कचेला बजाउँदै कोपरामा चुठियो
बस्दै जाँदा घरबेटीकै बुढीकन्या ल्याइयो ।

ओभरग्राउन्ड हुँदासम्म दर्जन नघाइयो
चुनावमा टिकट पाइयो बुथ कब्जा गरियो,
चुनाव जितिसकेपछि सिंहदरबार छिरियो
बल लगाई दल फुटाई मन्त्री पनि भइयो ।

पालैपालो स्वच्छ छविमा नाम दर्ता गरियो
विज्ञान, महिला, वन हँुदै सबैथोक भइयो,
पाँडे भाषण ठोक्नु ठोकियो, सुन पनि बोकियो
नाउँ फेरियो ठाउँ फेरियो संसार पनि हेरियो ।

पार्टीको नाम बेची ठोक्नुसम्म ठोकियो
अग्रगमन र प्रतिगमनको खेल पनि खेलियो,
कुदाउने र उडाउने त खेलाडी नै भइयो
अन्डरग्राउन्डकीलाई छोडी अर्कैतिर गइयो ।

अन्डा मात्र फुटाइएन डन्डा पनि चलाइयो
गर्नु नगर्नु खेल गरियो झेल पनि गरियो,
नपढेर के नै भो त पढेकालाई चलाइयो
अब त प्रमको खातामा पनि नाम दर्ता गरियो ।

\’समकालिन नेपाली साहित्यसङ्ग्रह\’बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x