साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माकादुम

Nepal Telecom ad

त्यस्तो भिर
मैले पैलोचोटि देखेको हुँ

जहाँ
भिरमै ठडिएका थिए
घरका खाँवा र धुरीहरू

भिरमै जेलिएको थियो
गड्यौलाजस्तो बाटो
जो वयेली खेल्दै पुग्दा रहेछन्
सदरमुकामसम्म

त्यहाँका मान्छेहरू भन्थे
भिरमै फलेको हो
बोराका बोरा कोदो, मकै र आलु

मैले पैलोचोटि
भिरमा देखेको हुँ
सपनाको हाटबजार
जहाँ बिक्रिमा थियो
नुन, चाउचाउ र बिस्कुट

खुट्टाले पनि
एकैचोटि टेक्दो रहेछ
बतासलाई र बाटोलाई
त्यहाँका मान्छेहरू भन्थे
अचेल बतासले पनि
भिर मन पराउन थालेको छ

मैले पैलोचोटि
भिरमा देखेको हुँ
ईश्वरको बास पनि

त्यहाँका मान्छेहरू भन्थे
गाईवस्तुहरू भिरमै चर्छन्
यहाँका भुरासँग भीर डराउँछ
चराहरू भिरमै आएर परेड खेल्छन्

मैले
पैलोचोटि भिरमा भेटेको हुँ
सुत्केरी आमाहरू

त्यहाँका मान्छेहरू भन्थे
यहाँका बिरुवाहरू
इमान्दार सिपाहीजस्ता छन्

मैले
पैलोचोटि भिरमा भेटेको हुँ
हरियो घाँसले भरिएको डोको

भिरभन्दा बाहिर त–
अँध्यारो थियो

मैले पैलोचोटि देखेको हुँ
भिरमा नदीलाई

पैलोचोटि भेटेको हुँ
माकादुमलाई
र, मुस्कुराउन जानेका मान्छेहरूलाई ।

(माकादुम : रामेछाप जिल्लाको एउटा गाउँ)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लेखबहादुर

लेखबहादुर

नन्दलाल आचार्य
चम्चाको चमत्कार

चम्चाको चमत्कार

डा. बमबहादुर जिताली
ऐ जिन्दगी ! खबरदार !

ऐ जिन्दगी ! खबरदार...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x