साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो कवितामा नारा छ

Nepal Telecom ad

हो, तिमीले ठिक भन्यौ साथी !
तिम्रो कवितामा कला छ
मेरो कवितामा नारा छ ।
तिम्रो कविताले भोकाहरूको भोक लेख्दैन
नाङ्गाहरूको आङ लेख्दैन
प्यासीहरूको प्यास लेख्दैन
दुःखीहरूको सुस्केरा लेख्दैन
तर मेरो कविताले भोक लेख्छ
नाङ्गो आङ लेख्छ
प्यास लेख्छ
सुस्केरा लेख्छ
त्यसैले त तिमी भन्छौ साथी !
तिम्रो कवितामा कला छ
मेरो कवितामा नारा छ ।

तिम्रो कवितामा
कुकुर खेलाएर बस्ने
ठूलाघरका मैयाँसाहेबहरूको कुरा हुन्छ
तिम्रो कवितामा
छाती बीस इन्च
कम्मर सत्ताईस इन्च
नितम्ब चौंतीस इन्च
यतियति कुराहरू यतियति इन्च भएका
विश्वसुन्दरीहरूको चर्चा हुन्छ
तिम्रो कवितामा
फिल्मी हिरोइनहरूको नखराको बयान हुन्छ
तिम्रो कवितामा
दिनदिनै फेरिने
छिल्लिएका जोडीहरूको प्रेमको प्रशंसा हुन्छ
तर मेरो कवितामा
दिनभरि डोको बोक्ने
फूलमाया र सुन्तलीहरूको कुरा हुन्छ ।

मेरो कवितामा
असमयमै विधवा भएका
बलात्कारमा परेका
र दलालबाट बेचिएका
अवोध चेलीहरूको चर्चा हुन्छ
मेरो कवितामा
लोग्ने आउने बाटो हेरेर बसेका
लाहुरेका श्रीमतीहरूको बयान हुन्छ
मेरो कवितामा
एक डल्लो ढिंडो पनि
आधाआधा बाँडेर खाने
र त्यसैमा सन्तोष गर्ने
असङ्ख्य जोडीहरूको चोखो प्रेमको प्रशंसा हुन्छ
त्यसैले त तिमी भन्छौ साथी !
तिम्रो कवितामा कला छ
मेरो कवितामा नारा छ ।

तिमो कवितामा मात्र हिमाल हुन्छ
मात्र पहाड हुन्छ
मात्र नदी हुन्छ
मात्र झरना हुन्छ
मात्र घाम हुन्छ
मात्र जून हुन्छ
मात्र फूल हुन्छ
मात्र शीत हुन्छ
तर मेरो कवितामा
हिमाल सँगसँगै आँसु पनि हुन्छ
पहाड सँगसँगै पसिना पनि हुन्छ
नदी, झरना, घाम, जून, फूल र शीत सँगसँगै
अभाव पनि हुन्छ
बेचैनी पनि हुन्छ
सपना पनि हुन्छ
आशा पनि हुन्छ
भरोसा पनि हुन्छ
विश्वास पनि हुन्छ ।

तिम्रो कविताको परिभाषा अर्कै छ
मेरो कविताको परिभाषा अर्कै छ
हो, तिम्रो परिभाषा अनुसार
तिमीले ठिक भन्यौ साथी !
तिम्रो कवितामा कला छ
मेरो कवितामा नारा छ ।

हेटौँडा– ४, अभिकुञ्ज
मित्रनगर, मकवानपुर (नेपाल)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x