साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आलु जस्तो

Nepal Telecom ad

फलहरूको राजा आँप भनिन्छ भने तरकारीको राजा भनेर आलुलाई चिनिन्छ । तरकारीको राजा नै भए पनि आलुको खासै इज्जत भने गरिँदैन । नराम्रो चिजको उदाहरण दिनुपर्यो भने आलु जस्तो भनिन्छ । २०४६ साल फागुनमा हाम्रो घर बनाउँदै गर्दा बहादुर दाइले माटो मुछ्थे । डकर्मीले माटो अल्लि मुछिएन, नरम भएन भने । बहादुर दाइले भने यो माटो नै आलु जस्तो छ । मैले दङ्ग पर्दै निकैबेर हातमा माटो खेलाएँ तर आलु जस्तो लागेन । तेतिखेर म ६ वर्षको थें । गाउँघरमा कसैले पनि आलु रोप्दैनथे । श्राद्धको लागि या भोज भतेर शुभकामको लागि साँखुबाट लेराउने गरिन्थ्यो । घर बनाउने बेलामा कर्मीहरूलाई बिहानको खाना खुवाउनु पर्ने, भात रोटी ढिंडो जे पकाए पनि तरकारीको ठूलो समस्या पथ्र्यो । रायोको सागको सिजन सकिसकेको हुनाले गुन्द्रुकसँग मिसाउनको लागि बाले साँखुबाट ४, ५ धार्नी आलु ल्याउनु भाको थियो । आलुलाई किलोमा जोखिंदैनथ्यो या भनौं धार्नीको मात्र हिसाब हुन्थ्यो । कतिपय ठाउँमा अझै पनि किलोमा भन्दा धार्नीमा हिसाब गरिन्छ ।

खाना खाने बेलामा सम्झें, मुछेको माटोलाई आलु जस्तो भनेको । गुन्द्रुक मन नपर्ने हुनाले झोलमात्र माग्थें र बा आमाको भागबाट आलु छानेर २,४ टुक्रा मेरो बटुकामा हाल्दिनुहुन्थ्यो । गुन्द्रुकको अमिलो झोल मिठो लाग्थ्यो । आलु त मन पर्नेनै भैहाल्यो । आलु खाइयो तर माटोलाइ किन आलुजस्तो भनियो ? मनमा खुल्दुली परिनै रह्यो । दिउँसो चाँपाबोटतिर खैलाबैला भएको सुनियो– जिन्दावाद र मुर्दावादको नारा लगाउँदै थिए । हामी बच्चा बच्चीहरूले चाहिँ ठूलै झगडा परेको भन्ने सोच्यौँ ।

गोठालोमा दाजुहरूको पछि पछि लाग्दा खसी बोका जुधाएको हेर्न खुब मजा हुन्थ्यो । कैले काहिं सुसेलेर लाइ लाइ लाइ लाइ भन्दै गोरु जुधाएको पनि देखेको थें, तर मान्छे जुधेको देखेको थिइँन । २,४ जना रमाइलो हेर्न चाँपाबोटतिर दौडिए, म पनि पछि लागें । सानाकिसान कार्यालय नजिक पुग्दा जन्ति भन्दा पनि धेरै मानिसहरू जिन्दावाद र मुर्दाबाद भन्दै थिए । सायद् फागुन ७ गते होला । धेरै जसो भुराभुरीको टुकीमा गाँसेको हात्ती छाप् चप्पलका लोता चुँडिएका थिए र हातमा झुन्ड्याइएका थिए । म भिडभाडमा जान मानिन । पल्लो घरको दाजुले प्याच्च भनिगो कस्तो आलु जस्तो रछ, हिंड माथि पाङ्ग्रेबाससम्म जाने ।

बिहान मुछेको माटोलाई आलुजस्तो… अहिले म आफैंलाई । आफ्नो शरीर पुरै हेरें अहं कतैबाट आफूलाई आलुजस्तो महसुस गर्न सकिन । नारा लगाउँने जन्तीसँगै उनीहरूले जिन्दावाद भन्दा हामी मुर्दावाद भन्थ्यौँ । मुर्दावादको ठाउँमा जिन्दावाद । कतिखेर के भन्नु पर्ने हो थाहा थिएन । उनीहरूले भनेपछि अर्को पटकमा हामी दोहोर्याउँथौँ ।

पाङ्ग्र्ेबासबाट हामी घर फकिर्यौं । तर जिन्दगीमै भर्खरै आलु चिनेको मान्छे त्यस्माथि पनि आलु जस्तो भन्ने शब्दले अनौठो लागिनै रह्यो र धेरै दिनसम्म सोचिरहें, आलु जस्तो । मैले थाहा पाएको बेलादेखि अरु सब्जीभन्दा आलु महँगै छ तैपनि मान्छे बिग्रिएको र नराम्रो चिजसँग आलुको तुलना गर्छन् । ५÷६ कक्षामा पढुन्जेलसम्म स्कुल नजिकैका दुई पसलमा भएका आलुचपलाइ दिनमा ३ पटक हेरिन्थ्यो । जाँदा, हाफटाइममा र घर फर्कदा । किन कि त्यो आलुचप् तेति मिठो लाग्थ्यो । आज पनि दुनियाँमा आलुको फ्रेन्च कट र चिप्स जति लोकप्रिय अरु छैन होला भन्ठान्छु तैपनि मान्छे आलुजस्तो भन्दै आलुको बदनाम गर्न पछि पर्दैनन् यी आलु जस्ता मान्छेहरू ।

अब यसको बुझाइमा परिवर्तन हुनुपर्छ भन्ने मेरो मान्यता छ । कोही निकै मिलनसार छ, सबैसँग मिल्छ, साथी बनाउँछ भने उसलाई तपाइँ अब तरकारीको आलु सम्झेर साह्रै मिलनसार मेरो साथी आलु जस्तो भन्न सक्नुहुन्छ । कसैको आनिबानी हेरेर र आलुका परिकार हेरेर तपाइँ चिप्ससँग तुलना गर्न सक्नुहुन्छ र भन्न सक्नु हुन्छ कि वाह क्या आलु जस्तो मान्छे । मोटो घाटो छ, आलु जस्तो, नरम स्वभावको छ, आलु जस्तो, मिठो बोल्छ वाह क्या आलु जस्तो । एवम् तरिकाले मान्छेको वर्णन गर्नुस् वाह क्या आलु जस्तो !

नाङ्लेभारे– ५, काठमाडौं
हाल युएइ दुबई

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अर्कै अर्कै कुरा

अर्कै अर्कै कुरा

साधुराम कोमलनाथ रिमाल
0
Would love your thoughts, please comment.x
()
x