साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काठमाण्डु !

Nepal Telecom ad

बढेमानको पेट लिएर
अट्टाहास हुन पनि नसकेको
भुँडी पनि गज्जबकै रहेछ बा !
हिउँदमा सडक किनारभरी फोहोर कुहिन सक्ने,
वर्षातमा सडकभरी खाडलमा पानी भरिन सक्ने ।
गर्मीको त के कुरा गरौँ हजुर
धुँवा धुलोले धपक्कै काठमाण्डु !
खाँट्टी कुरो त अझै छ,
देशभरिका युवाको भाग्य जोख्छ काठमाण्डु
बेरोजगार युवाहरूको भाग्य लेख्छ काठमाण्डु !
पर्खिनुस् है !
पर्खिनुस् ! अझै बाकी छ खाटी कुरा त–
सबै यन्त्र तन्त्र र संयन्त्र प्रयोग हुन्छ काठमाण्डुमा,
गरिबीमा पिल्सिएको हर्के दाइ रुन्छ काठमाण्डुमा ।
भ्रष्टचारी नेताहरू आफ्नो छवि धुन्छ काठमाण्डुमा,
दुराचारी र व्यभिचारी गगन छुन्छ काठमाण्डुमा ।
यति मात्र कहाँ हो र सान्दाइ !
रोग भोक सोक लुकाउने प्यारो काठमाण्डु,
दुखीको त्यो मन दुखाउने प्यारो काठमाण्डु ।
जनताको रगत सुकाउने प्यारो काठमाण्डु,
नेपालीको शिर झुकाउने प्यारो काठमाण्डु ।
हेर न ! सान्दाइ !
नेताहरूको हुन्छ अड्डा
देशभरि लुटेको धन रासी !
दिनहुँ गर्छन भागबण्डा ।
उपचार गर्न पनि,
उठाउँछन देशको झण्डा ।
गरिब जनता सडकमा,
पुलिस लगाउँछ डण्डा ।
लु यही छ है सान्दाइ हाम्रो अवस्था !
केही दिन पछि तल्ला घरे मुखिया बा आउँदै छन्,
नेताहरू अहिलैदेखि आ–आफ्ना चम्चा लाउँदै छन् ।
मेरो घरमा कृपा गरियोस् प्रभु भन्दै धाउँदै छन् ।
थुइइया ! यस्ताले पो नेपाल र नेपाली दाउँदै छन् ।
हाउ सान्दाई अझै कुरा अर्को भेटमा गरुला है त ।

झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
आक्रान्त मन

आक्रान्त मन

निर्मल पराजुली
मलाई नटेर्ने ??

मलाई नटेर्ने ??

होम सुवेदी
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x