सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ठट्यौली :: त्यही हो वीर नेपाली !

Nepal Telecom ad

१. ‘कुकुरदेखि सावधान’ भनेर ढोकामा लेखिएको घरभित्र कोही बसेको देख्नुभएको छ ? त्यही हो वीर नेपाली ।

२. कुनै नेपालीले ६/७ वटा छोराछोरी पाइसकेर पनि अझै उनकी पत्नीको पेट बेलुनझैं डम्म फुलेर आउँदै गरेको देख्नुभएको छ ? तिनको लोग्ने हो वीर नेपाली ।

३. बस, मिनीबस या यस्तै अन्य सार्वजनिक सवारीका साधनभित्र बाउको सराद्धे खाँदाझैँ चुरोट खाएर थोत्रे टेप्पुलेझैँ धुवाँ उडाइरहेको देख्नुभएको छ ? त्यही हो वीर नेपाली ।

४. सात वर्षकी बालिका होउन् या ७० वर्षीया बृद्धा, उनीहरूलाई बलात्कार गरेर आफ्नो हेड अफिसको ढोका अगाडि नै फालेको देख्नुभएको छ, हो त्यही हो नेपालको सुरक्षा गर्न बसेको वीर नेपाली ।

-रेशम वियोगी ‘कान्छा’
दोभान–३ पाल्पा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad