साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रज्ञाका निवर्तमान उपकुलपति उप्रेतीलाई मातृशोक

Nepal Telecom ad

काठमाडौं–साउन २२/ नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति गङ्गाप्रसाद उप्रेतीकी ९१ वर्षीया आमा सरस्वता उप्रेतीको निधन भएको छ ।

अपरान्ह १ बजे पशुपति आर्यघाटमा दिवङ्गत सरस्वताको अन्तिम संस्कार गरिने जानकारी उहाँका जेष्ठ सुपुत्र गङ्गाप्रसाद उप्रेतीले जानकारी दिनु भएको छ ।

मुटुको समस्याले ग्रस्त सरस्वताको बिगत सातादेखि गङ्गालाल हृदयरोग केन्द्र बाँसबारीमा उपचार भैरहेको थियो । उपचारकै क्रममा आज बिहान ८ बजे निधन भएको हो । ९१ वर्ष अघि आठराराईमा जन्मिनु भएकी सरस्वताका ७ भाइ छोरा र तिन छोरी हुनुहुन्छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x