साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरी प्रेमिकाको के कुरा !!

Nepal Telecom ad

मेरी प्रेमीकाको के कुरा
छुरा छे छुरा
जस्तो दिनुस् लाउँछे
जे दिनुस् लाउँछे
प्यान्ट, हाफ प्यान्टमा भन्दा
कट्टुमा झन सुहाउँछे
छोप्दिन कहिलै ज्यान पुरा
मेरी प्रेमिकाको के कुरा
छुरा छे छुरा ।

कहिले रिसेप्सनिस्ट बन्दै
कहिले एकाउन्टेन्ट भन्दै
दुइ चार दाम कमाउँछे
ह्वीस्की होस् कि ठर्रा
जे दिनुस् समाउँछे
चिसो लस्सीमा भन्दा
ह्वीस्की बियरमा रमाउँछे
भजन कीर्तनमा मात्र होइन
डिस्को र दोहोरी पनि धाउँछे
त्यो पनि पाइएन भने
लोकल ठर्रामा पनि
रातभर गीत गाउँछे
तर गाउँदिन कुनै गीत पूरा
मेरी प्रेमिकाको के कुरा
छुरा छे छुरा ।

जसले जहाँ बोलाए पनि
टुप्लुक्कै आउँछे
टन्न अघाउने गरी
प्रेमरस खुवाउँछे
मलाई मात्र हैन यो प्रेम
जसलाई पनि चखाउँछे
छिन छिन बजाउँदै ती चुरा
मेरी प्रेमिकाको के कुरा
छुरा छे छुरा ।

कहिले चुरोट समाउँछे
कहिले भाङमा रमाउँछे
मात लागेपछि
जहाँ पनि डेरा जमाउँछे
होस गर्नु होला है
भेटेपछि
तपाइँलाई पनि च्याप्प समाउँछे
दिनमा सद्धे भए पनि
रातमा ठ्याक्कै बौलाउँछे
बत्तिसै लक्षण्ले छे पुरा
मेरी प्रेमिकाको के कुरा
छुरा छे छुरा ।

दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x