साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाउको बिँडो थाम्नै पर्यो

Nepal Telecom ad

एकचोटी सत्ता चाख्नै पर्यो
कुर्सीको स्वाद बुझ्नै पर्यो
जे जे पर्छ सबै टर्छ
एकफेर प्रयास गर्नै पर्यो
प्रजातन्त्र भाँडमा जाओस्
बाउको बिँडो त थाम्नै पर्यो ।

जनताको दुःख जनतै भोग्छन्
अभिनन्दन थाप्नै पर्यो
भोकोनाङ्गो को होला र ?
आफ्नो बजेट थप्नै पर्यो
प्रजातन्त्र भाँडमा जाओस्
बाउको बिँडो थाम्नै पर्यो ।

चाकडी गर्ने महान् हुन्छन्
दुईचार पदक दिनै पर्यो
नयाँ शासन सम्हाल्नु छ
भारदारहरू पाल्नै पर्यो
आफ्ना विरोधी सर्वनाश हुन्
पशुपतिनाथ भाक्नै पर्यो
प्रजातन्त्र भाँडमा जाओस्
बाउको बिँडो थाम्नै पर्यो ।

प्रजातन्त्र स्वतन्त्रता
मन्त्र बनाई जप्नै पर्यो
आफूले गर्ने गरिरहूँ
बिदेशी सामु फलाक्नै पर्यो
भोलि उतै भाग्नुपर्ला
चाकडी पनि गर्नै पर्यो
आफ्नो भविष्य कसले हेर्छ ?
टन्न जम्मा गर्ने पर्यो
देश बरु भाँडमा जाओस्,
बाउको बिँडो थाम्नै पर्यो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
0
Would love your thoughts, please comment.x
()
x