सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जमाना

Nepal Telecom ad

गालाभरि के के दल्छन् पिठो हो कि ढिँडो
त्यति राम्रो कपाल पनि फेदै लाई गिँडो
जिब्रो पड्काइ ङिच्च गर्छन् चलन कस्तो आयो
मङ्सिर पुसका दिनमा पनि आदी लुगा लायो
आँखाभरि कालो घस्ने टाउकामा छ चस्मा
दिउसै रात पर्न थाल्यो के भा’को यो देशमा ।

बाउआमाको मत्लव छैन आफैँ ठूलो ठान्छन्
वर्ष दिनमा बाह्र पल्ट  ब्युटिफुल छान्छन्
लाज शरम कत्ति छैन मस्की हिँड्छन् माझ
जो चाहिन्न नाङ्गै हिँड्ने गर्छ मिस नेपाल रे अझ ।

घरैपिच्छे बोर्डिङ खुल्छन् पढाइ भने जिरो
गाउँबाट शहर पस्यो भोलिपल्टै हिरो
नाङ्लो ठोकी डुक्रिनासाथ गायक अरे कस्तो
हेर्दाहेर्दै छक्क परियो जमाना आयो कस्तो ?

भोजपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही