साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मानवअधिकार

Nepal Telecom ad

एउटा निजी अस्पतालमा केही डाक्टरहरू, केही प्राविधिकहरू र प्रशासनिक तथा सरसफाइ कर्मचारीहरू अनौपचारिक गफमा व्यस्त थिए । तर उनीहरूको बोलिमा रोचकता थिएन । शरीरमा जाँगर थिएन । अनुहारमा कान्ति थिएन । आँखाहरू भने कोही बिरामी आइहाल्छ कि भन्ने आशामा बाहिर नियाल्दै थिए ।
‘यतिका दिन भईसके खोइ हाम्रो अस्पताललाई के भयो ?’ एउटा प्रशासनिक कर्मचारी बोल्यो ।
‘भो अब हाम्रो अस्पतालमा बिरामी आउलान् भन्ने आशा नगरे हुन्छ ।’ एउटा प्राविधिक बोल्यो ।
‘के भएछ र ? किन यसरी आशा मार्ने हँ ? त्यतिका लगानी गरेको त खेरै गयो नि !’ अर्को प्राविधिक बोल्यो ।
‘अहिले खाध्यान्न पूर्णतया मिसावटमुक्त भएकोले मान्छे बिमारी नै हुन छाड्यो रे । अब हाम्रो व्यवशाय नै फेर्नु पर्ला कि जस्तो छ ।’ अर्कोले निनाउरो स्वरमा बोल्यो ।

‘व्यवशाय छाड्ने हुतिहारा कुरा होइन, अब आन्दोलन गर्नु पर्छ ।’ अर्कोले हिम्मत झिक्यो ।
‘तर के भनेर गर्ने आन्दोलन ? खाध्यबाली मिसावटयुक्त बनाऊ भनेर ?’ पहिलोले सुइय गर्यो ।

‘होइन, त्यति सोझै बोल्न हुँदैन । बरू, यो भावनालाई मिठासयुक्त शब्दले लिपपोत गर्नु पर्छ ।’ अर्कोले चलाख कुरा गर्यो । ‘के गरी गर्छौं यसो ?’ पहिलो बोल्यो ।

‘हाम्रो बाँच्न पाउने अधिकार, अर्थात ‘मानव अधिकार’ खोस्न पाईंदैन’ भन्ने माग राखेर सडक जाम गर्ने ।’ सबैको अनुहार चम्क्यो ।

२०७१ भाद्र ८
भरतपुर– ७, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
राहत

राहत

टीकाराम रेग्मी
जुत्ता

जुत्ता

टीकाराम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x