साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खौलोमा परेपछि डिँगो पनि चेत्छ

Nepal Telecom ad

साँच्चिकै डिँगो भए त कुरा ठिकै पनि हो तर आकार मान्छेको जस्तो बानीव्यहोरा र कार्यशैली जनावरको जस्तो भएका अर्धमानव वा अर्धजनावरहरूका लागि यो भनाइ कति उपयुक्त होला कुन्नि ! यसको साटो त यसो भन्नु अझै सुहाउँदो हुन्छ होला– ‘खौलोमा परे पनि मान्छेले चेत्दैन’ । नत्र त कविशिरोमणिले बुद्धिविनोदमा किन यसो भन्नु पथ्र्याे र–
‘यसो गरेदेखि परिन्छ नेलमा
भनी बुझेकै छ तथापि जेलमा
परीरहेकै दुनियाँ अहो किन ?
तँलाइ मालुम छ कि यो कुरा मन ।।’

अपराध गरे थुन्छन् भन्ने थाहा छ, तर अपराध गरेकै छ मान्छेले । चोरी, डकैती, गुण्डागर्दी जस्ता अपराध रुघाखोकी भैmँ मामुली भैसके । हत्या हिंसा बलात्कार पनि अब क्षयरोगभन्दा कम रहेन । भ्रष्टाचारी र तस्करी त क्यान्सरै हुन् । आखिर यी सबै अपराध मच्चाउने अपराधीका निम्ति न हो जेल बनेको । मान्छेले चेत्ने भए आज जेल बन्ने ठाउँमा मन्दिर बन्थे होला, विद्यालय बन्थे होला । खै ? सबै जेल खचाखच छन् । मान्छेले आफू चेतनशील प्राणी भनेर फूर्ति गर्नु मात्र भो । चेतना पसेको भए कतिपटक पुलिसको डण्डा खाइसक्दा पनि सुधार हुँदैन । त्यसै त अलिक बुद्धि नभएको मान्छे रहेछ भने कस्तो गोरु रहेछ ! भनेर उपमा दिइन्छ अझ तँलाई गधा भनेर पनि कसैको थुतुनाबाट निस्किन्छ । यो त सरासर मान्छेलाई पशुसँग दाँज्न खोजेको हो । खौलोमा परेपछि डिँगोले चेत्ने भए खौलोमा परेपछि मान्छे बन्नु पर्ने ! तर डिँगो डिँगै रहन्छ मान्छे त मरिगए बन्दैन । उसो भए कारागारलाई खौलोमा परेका डिँगाहरूको चिडियाखाना भने भएन र ?

कैयौँ पल्ट आफू खौलामा परेर पनि देशै खौलामा जाकिसकेका हाम्रा देशका नेताहरूले त अझै चेतेका छैनन् अब चेत्छ डिँगाले ! पहिलो संविधान सभाको चुनावमा कति अरब स्वाहा पारेर देशै डिँगो झैं नाङ्गो पारे । फेरि दोस्रो चुनावमा चालीस अरब ध्वस्त ! डिँगाले बरु छेर्छु कि भनेर घाँस खान विचार पुर्याउला तर यिनीहरूले कति खाए खाए । कतिपयले त हुक्काँ हुक्काँ गर्दागर्दै हार पनि खाए । कतिले भने स्युरी खेल्दाखेल्दै खौलामा परेको पनि थाहा पाएनन् । खौलाबाट बल्लतल्ल निस्केकाले पनि कुकुरको पुच्छर बन्न छोडेनन् । अगुल्टाले हानेको कुकुर विजुली चम्किँदा तर्से जस्तै तर्से भने त केही काम लाग्ला नत्र चुच्चे ढुङ्गो उही टुङ्गो भने झैं संविधान बन्ने छाँट छैन । अघिल्लो पटकको संविधान सभामा साँच्चिकै यिनीहरू खौलामा परेका हुन् भने पक्कै चेत्लान् होइन भने म यो उखान उल्ट्याएर खौलोमा परेपछि डिँगो पनि चेत्छ भन्न छोडेर ‘खौलामा परे पनि मान्छेले चेत्दैन ।’ भन्ने गराए फेरि अर्को बखान गर्ने झोँक चलाउँछु ।

बम्घा, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पर जा तन्त्र

पर जा तन्त्र

काशीनाथ मिश्रित
जनता जनार्दन

जनता जनार्दन

काशीनाथ मिश्रित
कागलाई बेल पाक्यो हर्ष न विस्मात !

कागलाई बेल पाक्यो हर्ष...

काशीनाथ मिश्रित
आगलागी झुपडी डेढ घडी भद्रा

आगलागी झुपडी डेढ घडी...

काशीनाथ मिश्रित
बहुदल पार्टी

बहुदल पार्टी

काशीनाथ मिश्रित
आफै बोक्सी आफै धामी

आफै बोक्सी आफै धामी

काशीनाथ मिश्रित
0
Would love your thoughts, please comment.x
()
x