साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खुला आकाश र…

Nepal Telecom ad

खुला आकाश र मुक्त देशका मान्छेहरू,
आफूलाई कति बन्दी सम्झिन्छन्,
अनि बन्दी भएको आफूलाई महसुस भएपछि,
कति आत्माभिमानका साथ बिद्रोह र क्रान्तिका कुरा गर्छन् !
बश ! यिनीहरूलाई क्रान्ति चाहिएको होला !!
आफूलाई,
आफैले,
मानसिक रूपले कैदी र बन्दी बनाएपछि,
या कैदी र बन्दी भएको महसुस गर्न शुरु गरेपछि
बिद्रोह त गर्ने पर्छ !
आफैले रचेर सृजना गरेको बन्धनभित्रको जिन्दगीबाट
आफैले आफैसँग
स्वतन्त्रताको लागि क्रान्ति र बिद्रोह गर्ने पर्छ !
मुक्ति र मुक्त संसारको खोजी त अब
नितान्तको विषयबस्तु भै आवश्यकता भन्दा माथि उर्लेर जान्छ !

खुल्ला आकाशमा स्वतन्त्र तरिकाले उडिरहेको पन्छीले,
आफूलाई म किन यो पिंजडामा जीवन बिताउने हो भनेर कुरा गर्दा,
त्यो पन्छीको वा सुन्नेहरूलाई
या अप्ठ्यारो वा समस्या !
कति उन्मुक्त भएर
आफू अनि अरु सबै कैदी भएको कुरा गर्दै
सबलाई मुक्ति दिने सपना देखाउछन् !
सपना बाँड्छन्
सपना बेच्छन्,
कति उन्मुक्तका साथ !

खुल्ला आकाश र मुक्त संसारमा बाँचिरहेका मान्छेहरू
अझै पनि,
अनवरत,
मुक्ति र खुल्ला आकाशको खोजी गर्दै,
अलास,
आफ्नै र लाखौँहरूका जिन्दगीहरूलाई
सिसिफसको अस्तित्वमा रुपान्तर गरिरहेका छन्
मुक्ति र स्वतन्त्रताको,
सपना बाँड्दै, सपना बेच्दै
यो खुल्ला आकाश र मुक्त संसारमा बाँचिरहेका मान्छेहरू !

वर्गेन, नर्वे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भुवाहरू

भुवाहरू

डा. दामाेदर पुडासैनी किशाेर
जीवन अरुको नाममा

जीवन अरुको नाममा

गोवर्द्धन पूजा
भर्‍याङ

भर्‍याङ

फित्काैली डटकम
भिषा लाग्यो

भिषा लाग्यो

भाेज अर्याल
गीत्कौली

गीत्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x