प्रेम ओली ढकलपुरेश्रीमती र प्रेमिका
श्रीमतीले चुरा लाउन
सय रुपैयाँ माग्दा
किन चाहियो भन्ने
प्रेमिकाले लिपिस्टिक किन्न
पाँच सय माग्दा
थपी दिन्छु भन्ने ।
प्रेमिकाले मुसुक्क
मुस्कुराउँदा फुरुक्क हुने
श्रीमती हाँस्दा चाहिँ
किन मस्केको भनी
बुरुक्क हुने ।
श्रीमतीले घुम्न जाम भन्दा
खाली हुन्छ हुन्छ भन्ने
प्रेमिकाले भन्दा चाहिँ
कामै छोडी तयार बन्ने ।
श्रीमतीले बिहान
मन्दिर जाम भन्दा पनि
सधैं थकाई लाग्ने
प्रेमिकाले भनेपछि
जहाँ पनि जाँगर जाग्ने ।
श्रीमतीले घरखर्च माग्दा पनि
फजुल खर्च मान्ने
पे्रमिकालाई खर्च गर्दा
बहादुरी नै ठान्ने ।
श्रीमतीले गालामा टोक्दा
ठसठसी कन्ने
प्रेमिकाले गालामा ठोक्दा
क्या मिठो चड्कन भन्ने ।
प्रेमिकालाई फकाउँदा
तारा झारिदिन्छु भन्ने
श्रीमतीलाई फकाउँदा
बङ्गारा झारिदिन्छु भन्ने ।
प्रेमिका पनि स्वास्नीमान्छे
श्रीमती पनि स्वास्नीमान्छे
तर पनि फरक देख्ने
कस्तो लोग्ने यो मान्छे !
दाङ, हाल– काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































