साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि बन्न खोज्दा

Nepal Telecom ad

आजन्म घाँसी हुन घाँस काटियो,
चुरोटमा दैनिक नोट साटियो ।
कपाल दाह्री लटरम्म पालियो,
तथापि फुर्दैन कवित्व, हारियो ।।

बनी भवानीपति भस्म लाइयो,
उमा सती जीवित देख्न पाइयो ।
त्यसो हुँदा भाव सर्ब गुमाइयो,
तथापि फुर्दैन कवित्व, हारियो ।।

उन्मुक्त बन्ने रहरै गरीकन,
स्वच्छन्द आयामिक धार लीकन ।
सुराग्निमा देह सबै पगालियो,
तथापि फुर्दैन कवित्व, हारियो ।।

विरागमा राग थपी अनेकन,
शून्यत्वमा क्लिष्ट मुछी मनैमन ।
पाण्डित्य शैली नव गाँस हालियो,
तथापि फुर्दैन कवित्व, हारियो ।।

बनी मपाईं कवि लेख्न थालियो,
‘वरिष्ट’ यो शब्द अगाडि हालियो ।
गमक्क गम्की कविता सुनाइयो,
तथापि फुर्दैन कवित्व, हारियो ।।

चोरी कसैको कविता सुनाइयो,
झन्डै पुरस्कार त्यसै पकाइयो ।
स्रष्टा महान् बन्न जुँगा मुसारियो,
तथापि फुर्दैन कवित्व, हारियो ।।

पक्वान्न पारी रस छन्द खाइयो,
तथा अलङ्कार अनेक लाइयो ।
उपाधिका साथ अहं थुपारियो,
तथापि फुर्दैन कवित्व, हारियो ।।

प्रभातको शीतल स्वच्छ वातमा,
उद्यानको सुन्दर भाव साथमा ।
पन्छीहरू साथ स्वयं कराइयो
तथापि फुर्दैन कवित्व, हारियो ।।

वसन्तमा कोकिल गीत गाइयो,
हेमन्तको शीत यथेष्ट खाइयो ।
अज्ञानको टिम्टिम दीप बालियो,
तथापि फुर्दैन कवित्व, हारियो ।।

यो राष्ट्रभाषा किन व्यर्थ सिक्नु छ,
विदेशको आङ्गल भाव झिक्नु छ
भनी स्वयं देश विदेश भ्याइयो,
तथापि फुर्दैन कवित्व, हारियो ।।

गरेर चिप्ला महतुल्य भाषण,
ठगेर सोझा जनता जनार्दन ।
जादू गरी मन्तर फूः बनाइयो,
तथापि फुर्दैन कवित्व, हारियो ।।

लामो पँहेलो त लुगा स्वयं भिरी,
रुद्राक्ष मालाहरू छन् गलाभरि ।
निधार यो चन्दनले सिँगारियो,
तथापि फुर्दैन कवित्व, हारियो ।।

गोष्ठीहरूमा दिनरात धाइयो,
बिस्कुट् चिया मात्र प्रसस्त खाइयो ।
अर्धाङ्गिनीको भकुराइ पाइयो,
तथापि फुर्दैन कवित्व, हारियो ।।

गुफा हिमाली अनि कन्दरातिरै,
कतै लुकेको छ कि यो कवित्व नै ।
भनेर खोज्दा अनुहार चाउरियो,
तथापि फुर्दैन कवित्व, हारियो ।।

झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कवि बन्न खोज्दा

कवि बन्न खोज्दा

काेमलप्रसाद पोखरेल
थेगो

थेगो

काेमलप्रसाद पोखरेल
निमित्त प्रमुख अतिथि

निमित्त प्रमुख अतिथि

काेमलप्रसाद पोखरेल
हाम्रा साँडे

हाम्रा साँडे

काेमलप्रसाद पोखरेल
महाकवि र गिनिजबुक

महाकवि र गिनिजबुक

काेमलप्रसाद पोखरेल
छिमेकीका स्वरूपहरू

छिमेकीका स्वरूपहरू

काेमलप्रसाद पोखरेल
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
आक्रान्त मन

आक्रान्त मन

निर्मल पराजुली
मलाई नटेर्ने ??

मलाई नटेर्ने ??

होम सुवेदी
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x