साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ऐना–संवाद

Nepal Telecom ad

एकदिन
सहरको एउटा ऐनाछेउ उभिएर
मैले आफूलाई नियाल्दै थिएँ
एकदमै परिचित मुद्रामा
साखुल्ले भएर मलाई ऐनाले
नजिकैबाट सोध्यो–
‘यो सहरमा
सधैं मेरो अघिल्तिर उभिएर
सबैभन्दा बढी मुस्कुराइरहने
को ? थाहा छ ?’
मैले एउटा अन्यौलमा
ऐनालाई हेरिरहेँ
र, सोधें– ‘को ?’
ऐनाले मतिर मुसुक्कले हाँस्यो
भन्यो– ‘यो देशको नेता ।’
‘उसले सधैं
मेरो अघिल्तिर उभिएर
दिनभरि आमसभामा बोल्नुपर्ने
आफ्ना झुठहरूलाई
सयौंचोटि सम्झन्छ
र, एक्लै मुस्कुराइरहन्छ ।’
–ऐनाले भन्यो
‘तिमी कविहरू चाहिँ
किन सधैं यति उदास छौ हँ ?’
ऐनाको अर्को प्रश्न
सकिँदा नसकिँदै
म त्यहाँबाट बाहिरिसकेको थिएँ ।

तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भुवाहरू

भुवाहरू

डा. दामाेदर पुडासैनी किशाेर
जीवन अरुको नाममा

जीवन अरुको नाममा

गोवर्द्धन पूजा
भर्‍याङ

भर्‍याङ

फित्काैली डटकम
भिषा लाग्यो

भिषा लाग्यो

भाेज अर्याल
गीत्कौली

गीत्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x