सुलसुलेपूर्णविरामका १३ कविता श्रव्यदृश्यमा
स्रष्टा समाज काठमाडौंको आयोजनामा कवि पूर्णविरामका १३ कविताहरूको श्रव्यदृश्य सङ्गालो ‘मल्लको झ्यालबाट’ सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति गङ्गाप्रसाद उप्रेती हुनु हुन्थ्यो भने कार्यक्रमको सभापतित्व भने स्रष्टा समाज काठमाडौँका अध्यक्ष एवम् कवि अतृप्त पाण्डेयले गर्नु भएको थियो ।
कवि गोपालप्रसाद रिमालको कालजयी गीत ‘रातो र चन्द्र सुर्जे जङ्गी निशान हाम्रो’ गायनबाट आरम्भ गरिएको कार्यक्रममा कवि अतृप्त पाण्डेयले कवि पूर्णविरामकी जीवन सङ्गिनी सावित्री शर्माले अत्यधिक मन पराउनु भएका पूर्णवरामका १३ कविताहरूलाई श्रव्यदृश्यमा उतारिएको बताउनुभयो ।
श्रव्यदृष्य ‘मल्लको झ्यालबाट’ को प्रदर्शनको प्रारम्भ गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि गङ्गा प्रसाद उप्रेतीले स्रष्टा समाज काठमाडौँ, नेपालले आज आयोजना गरेको यस कार्यक्रमलाई आफूले कवि पूर्ण विरामकी जीवन सङ्गिनी सावित्री शर्माको स्मृति सभा भनेर भन्न रुचाएको बताउनु भयो । ‘मल्लको झ्यालबाट’ मा सङ्ग्रहित १३ कविताका कवि चेत यसभन्दा अघिका उहाँका श्रव्यदृष्यमा समेटिएका कविताहरूका भन्दा उच्व छन् रहेको उहाँले बताउनुभयो । ।
श्रव्यदृष्य ‘मल्लको झ्यालबाट’ को प्रदर्शन कार्यक्रममा कवि पूर्णविराम र सावित्री शर्माकी एकमात्र छोरी सुश्री पवित्रा शर्मा लगायत उहाँहरू दुवैलाई मन पराउने, उहाँहरूका स्नेही आफन्तजनहरूको बाक्लो उपस्थिति रहेको थियो ।
Subscribe
Login
0 Comments
Oldest











































