साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बदनामी माया

Nepal Telecom ad

मेरो घर नजिक
एउटी अधबैंशे महिला थिइन्
एक दिन मलाई, ठूलै चक्मा दिइन्
उनले सधै
मलाई हेर्दा, मस्किए झैं लाग्थ्यो
मसँग बोल्दा पनि, जिस्किए झैं लाग्थ्यो
एक दिन अँध्यारोमा
प्रेमको एउटा चुटको लेखी
उनको कौशीमा फाल्दा
उनले पनि प्रतिउत्तरमा चुटको फालिन्
अर्को दिन मिर्रमिरेमा
एउटा फूलको थुँगा फाल्दा
उनले यो पनि, कपालमा सिउरेर हालिन्
मलाई त कस्तो कस्तो हुन थाल्यो
मन उडेर अकाशलाई छुन थाल्यो
सेतो कपालमा, रङ कालो हालेँ
खाली दाँतमा, दाँतकै टालो हालेँ ।

एक दिन उनलाई भेटेपछि
मन दरो पार्दै भनेँ–
तिम्रो मुस्कान
झरनाको पानी भन्दा मिठो लाग्छ
तिम्रो नजर
एक प्याला लोकल ठर्रा भन्दा छिटो लाग्छ
के भनूँ तिमीलाई देखेपछि
यो उमेरमा पनि
आफूलाई सोह्र वर्षे ठिटो लाग्छ ।

उसले मेरो गालामा झ्याम्म पारी
मेरा नक्कली सबै दाँतै झारी ।

उनले रिसाउँदै भनिन्–
उमेरले डाँडा काटेपछि
केको सोह्र वर्षे ठिटो लाग्छ ?
मेरो मुस्कान त तिमीलाई भन्दा
तिम्रो कान्छालाई पो मिठो लाग्छ ।

तिमी जस्ता बुढा त
घरमा त्यसै पर्याछन्
आम खाने भन्दा पनि
चौकिदारी गर्याछन ।

उनले कुरा खोल्दै भनिन्–
म त
तिमीसँग कहाँ मस्किएकी हुँ ?
तिम्रो कान्छासँग पो जिस्किएकी हुँ
मलाई पनि अचेल किन किन
आफूलाई युवा ठिटी लाग्छ
तिम्रो कान्छालाई देखेपछि त झन
सोह्र वर्षे केटी लाग्छ ।

एक दिन एकाएक
कान्छो घरबाटै हरायो
उसैले उडाएछ , त्यो बजियानीलाई
उसको बुढोले उजुर हाली
मलाई पो बदनामी गरायो ।
हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x