साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सत्यलाई साक्षी

Nepal Telecom ad

अब सत्यलाई पनि
सत्य सावित हुन साक्षी चाहिएको छ
घामलाई घाम हुन
जूनलाई जून हुन
आकाशलाई आकाश हुन साक्षी चाहिएको छ ।
टाढा–टाढा क्षितिजबाट ओर्लिएको घामको उज्यालोसँगै
जिन्दगीको शाश्वत सत्यको खोजीमा हिँडिरहेका छन् केही मानिसहरू
तर, सत्य र उज्यालोकै अस्तित्वमा प्रश्न पनि उठाइरहेका छन् ।
अब कविताले मात्र
कविलाई कवि साबित गर्न सक्दैन
अब कविलाई कवि हुन
गायकलाई गायक हुन
र, मान्छेलाई मान्छे हुन पनि साक्षी नै चाहिएको छ ।
थाहा छ– साक्षीले धेरैपल्ट फेरिदिएको छ सत्यको परिभाषा
साक्षीले धेरैपल्ट फेरिदिएको छ सत्यको रङ
साक्षीकै कारण धेरैपल्ट बन्दी भएको छ सत्य
अब सत्य नै साक्षीको खल्तीको रूमाल भएको छ ।

भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x