साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खाँदा चाम्रो, सहमति हाम्रो ?

Nepal Telecom ad

माछो माछो भनी सधैं, किन भुल्याउँछौ
भ्यागुतोलाई झिक्दा पनि, किन लुकाउँछौ ?
महँगा यी रक्सी मासु, कति सकाउँछौ ?
रिसोर्ट तारे होटलमा, कति झकाउँछौ ? ।।१।।

राम्रो शब्द सहमति, चाम्रो औधी भयो
यथार्थको सहमति, खोला खोला गयो ।
प्रकृयाको कृया गरी, बस अब बर्खी
हाम्रो कर भकुरेर, बस खर्ची खर्ची ।।२।।

धुन्धुकारी भस्मासुर, चण्ड–मुण्ड जित्यौ
सहमति शब्दलाई, मिच्नसम्म मिच्यौ ।
दोतिहाइमा आँट छैन, विरोधी झन् ढाँट
सत्तापक्ष प्रतिपक्ष, कमाउ गाँठै गाँठ ।।३।।

बिर्बलको खिचडी हो, तिम्रो सहमति
कुपात्र नै चुनिएछन्, लोभी पापी जति ।
त्यति राम्रो सहमति, चाम्रो डाम्रो भयो
संविधान बन्ने कुरा, मात्रै डाङ्ग्रो भयो ।।४।।

यता फूट उता फूट, भुत्रा सहमति ?
यता मोर्चा उता मोर्चा, झुत्रामुत्रा गति ।
सुकुमारी सहमति, बलात्कारमा परी
मातिएका साँढे डामौँ, अबेर नगरी ।।५।।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x