साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उठ बस उठ बस

Nepal Telecom ad

एकदिन मेरो नाममा रहेको फोन ठाउँसारी गर्नुप¥यो भनेर टेलिकमको कार्यालय चावहिलमा पुगेँ । घरकी जहान पनि त्यहीँ काम गर्ने भएकोले म उनकै कोठामा पसेँ र उनले देखाएको मेचमा बसेँ । उनी लागिन् नामसारीको काममा । त्यही कोठाभित्र उनका सहकर्मी भट्टजी पनि हुनुहुन्थ्यो । बरु ढुङ्गो बोल्ला म नबोलिकन बसिरहेँ । यसो बिचार गरेँ, आफ्नी जहानलाई जागीर दिने संस्था भएपछि ससुराली जस्तो भयो । ससुरालीमा धेर बोल्ने कुरा पनि भएन । ज्वाईंको पारामा बसिरहे । त्यहीबेला एकजना बौद्धतिरको मङ्गोल अनुहारको व्यक्ति आइपुग्यो । उसले मलाई यति काम गरिदिनुप¥यो भनेर एउटा कागज मतिर तेस्र्यायो ।

मैले भनेँ– म यहाँको होइन (भट्टजीतिर देखाएर) उहाँलाई दिनुस् ।
भट्टजी आफ्नै काममा व्यस्त हुनुहुन्थ्यो । ससुराली आएको मलाई तिनले आक्रोशित मुद्रामा भने– तपाईं यति काम पनि गर्नुहुन्न भने त्यो कुर्सीमा किन बस्नुहुन्छ (ठूलो ठूलो स्वरमा रिसाउँदै) उठ्नुस् ।

मैले पनि ठट्टा ग¥या होला भनेर उठिदिएँ । फेरि तिनले रिसाउँदै बस्नुस् भने बसिदिएँ । तिनको दिमागमा फेरि के भूत चढ्यो कुन्नि तपाईं बाहिर जानुस् भने, मैले एक शब्द केही पनि नबोलेर ठट्टा ग¥या होला भन्ने सम्झेर बाहिर गइदिएँ । त्यस कोठाभित्र ग्राहकहरूको आउने जाने क्रम जारी नै थियो । मलाई त्यो मान्छेले त्यति भनुन्जेल र गरुन्जेल भट्टजीले एक शब्द पनि बोलेनन् । आधा पाउको कानमा एकमाना तेल हालेर बसिरहे । त्यहीबेला घरकी आएर तपाईं किन बाहिर भनेर सोधिन् । मैले एकछिन अगाडि भएको घटना सविस्तार भनिसकेपछि उनी र म फेरि त्यही कोठाभित्र छि¥यौँ । त्यो मान्छे मलाई देख्ने बित्तिकै फेरि उफ्रियो– तपाईं बाहिर जानुस् भन्या सुन्नु भएन कि क्या हो !

एक त मेरी बूढीको कार्यालय, त्यसमाथि म उसको साख्खे पोइ, त्यस कार्यालयको सबैले मलाई राम्ररी चिन्ने भएकोले मैले मुखमा या’मानको भोटे ताल्चा लगाएर चुप्प लागिरहेको थिएँ । मेरो मौनब्रतले उसलाई झन् हौसला बढ्यो कि क्या हो झन् मच्ची मच्ची उफ्रन थाल्यो । तपाई चुप लाग्नुस् भन्दै बूढीले बेला बेलामा सम्झाइन् तर त्यसले माने पो । म पनि आखिर एक ग्राहककै रुपमा त्यहाँ पुगेको थिएँ । जहानले बस्नू भनिन् र म त्यहाँ बसेको थिएँ । हे भगवान् के आपत आइलाग्यो ।

म चुपचाप बसिरहँदा पनि त्यो मान्छे कराएको कराएकै गर्न थालेपछि मेरो पनि धैर्यको बाँध फुट्यो । मैले भनेँ–तपाईले मलाई चिन्नु भा’छ ? धेरै बकबक नगर्नुस्, एक फोन गरेर थुन्दिउँ ? भनेपछि बल्ल त्यसको मनमा पनि यो त केही हो कि क्या हो जस्तो लाग्यो होला अनि बल्ल चुप लाग्यो । मैले त्यसपछि पनि निकै फुर्तिफार्ती झिकेर तर्साए । अझ पनि त्यो मान्छेले मलाई ठूला ठूला आँखा पारेर खाउँला जस्तै गर्दैथ्यो । मैले पनि त्यहीबेला उसैलाई सुनाउँदै मलाई लरतरो सम्झ्या होला कस्ता कस्तालाई ठीक पारेको मान्छे पो त ! यसलाई पनि ठीक पार्न सकिन भने मलाई पनि मेरो बाउले जन्माएको होइन ल ! भन्दै रिसाउँदै भटभट्याएँ । त्यसपछि ऊ चुइँक्क पनि बोलेन ।

अचेल पनि चाबहिल टेलिकममा जाँदा त्यो मान्छे कतै फेरि भेटिने हो र मलाई उठबस् गराउने पो हो कि भनेर सतर्क भएर मात्रै कुर्सीमा बस्ने गर्छु ।

चावेल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
रियलसलको पदवी

रियलसलको पदवी

माणिकरत्न शाक्य
0
Would love your thoughts, please comment.x
()
x