सुलसुले‘ओझेलमा परेको मान्छे’ विमोचित
काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा युवा लेखक भरतविक्रम ढकालद्वारा लिखित पुराना साहित्यकार तथा कलाकार निर्मलकुमार रिमालको जीवनी कृति ‘ओझेलमा परेको मान्छे’को विमोचन गर्नुभयो ।
विमोचनपछि मन्तव्य दिने क्रममा उहाँले भन्नुभयो, ‘लेखकले पुस्तकमा निर्मलकुमार रिमालको जीवनी, व्यक्तित्व र कृतित्वलाई रुचिकर ढङ्गले प्रस्तुत गर्नुभएको त छ नै साथै तत्कालीन समयको समसामयिक विषयहरूलाई पनि उजागर गर्नुभएको हुनाले पुस्तक ‘ओझेलमा परेको मान्छे पठनीय बनेको छ ।’
कार्यक्रममा लेखक तथा समालोचक प्रा.डा. खेम कोइराला ‘बन्धु’, समालोचक तथा राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसी, लेखक तथा समाजसेवी शान्ता श्रेष्ठ, समाजसेवी अनिल गजमेर लगायतले पुस्तक तथा पुस्तकका नायक रिमालबारे आआफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य ईश्वरी वाग्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्राज्ञ नरनाथ लुइँटेल, सम्पादक समाजका अध्यक्ष देवेन्द्र गौतम, अभिनेत्री सुभद्रा अधिकारी लगायतको उपस्थिति रहेको थियो । पुस्तक ब्रदर बुक्सले प्रकाशन गरेको हो ।
Subscribe
Login
0 Comments
Oldest











































