लालकाजी श्रेष्ठमान्छे
मुटु यौटा मुहार सयौँ बोकी हिँड्छन् मान्छे
धाकभन्दा नि धक्कु ठूलो खोकी हिँड्छन् मान्छे ।
माछा माछा भ्यागुताकै खेल खेलाउँछन् दानी
पराईको त मुर्दैसम्म टोकी हिँड्छन् मान्छे ।
सहकार्य गरौँ भन्छन् स्वार्थ पूरा गर्न
भनेजस्तो भए टापै ठोकी हिँड्छन् मान्छे ।
जिन्दगीनै मधुशाला सराबी हुन् सबै !
पराई आँसु रक्सी संझी धोकी हिँड्छन् मान्छे ।
क्यैगरी नि जिउँदै छ ऊ भन्नै सकिँदैन
अहंकारले आफ्नै धड्कन रोकी हिँड्छन् मान्छे ।
धादिङ
Subscribe
Login
0 Comments
Oldest




































