साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पहाडी, शुक्राचार्य र प्राञ्जल पुरस्कृत

Nepal Telecom ad

काठमाडौं, ६ कात्तिक । नेपाल साँस्कृतिक सङघले नेपाली साहित्यको क्षेत्रमा योगदान पु¥याएवापत् तीन साहित्यकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

लक्ष्मीजयन्तीको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा यस वर्षको ‘देवकोटा काव्यिक पुरस्कार’ गद्य कवितातर्फ सन्ध्या पहाडी, पद्य कवितातर्फ रत्ननिधि रेग्मी ‘शुक्राचार्य’ र गीत–गजलतर्फ रवि प्राञ्जललाई प्रदान गरिएको हो । नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरेले जनही रु. पाँच हजार राशिको सो पुरस्कार प्रदान गर्नुभएको हो ।

सोही अवसरमा धर्तीचन्द्र यात्री, रमेश खकुरेल, भुवनहरि सिग्देल, प्रभा भट्टराई, दीर्घराज प्रसाईं, अच्युतरमण अधिकारी, अच्युत पौडेल, उषा शिवाकोटी लगायतले कवितावाचन गर्नुभएको थियो । कार्यक्रममा लेखनाथ साहित्य सदनका अध्यक्ष रमा शर्माले देवकोटाका अप्रकाशित कृतिका बारेमा प्रज्ञा प्रतिष्ठानले खोजीनिति गर्नुपर्नेमा जोड दिनुभयो ।

लक्ष्मी जन्मजयन्तीकै अवसरमा त्रिचन्द्र क्याम्पस घन्टाघर साहित्य सङगमले कविता वाचन तथा देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा कवि मणि लोहनी, निशान निष्कर्ष, मणिराज सिंह, नरनाथ लुइँटेल, रत्ननिधि रेग्मी शुक्राचार्य, विप्लव ढकाल र देवी नेपाल लगायतले कविता वाचन गर्नुभएको थियो ।

यसैगरी देवकोटा जयन्तीका अवसरमा नागार्जुन साहित्यिक प्रतिष्ठानले पनि ‘शुभप्रभात काव्यगोष्ठी’ को आयोजना ग¥यो ।

रासस

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x