साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अराजक सोच

Nepal Telecom ad

ओ महाशय !
कति हुइँकिन्छौ त्यो प्राडोमा
अभावसँग रस्साकस्सी गरिरहेका
यी विवश बटुवाहरूका
नौरङ्गी सपनामाथि हिलो छयाप्दै ?
कति गर्छौ अट्टहास, तारे होटलहरूमा
तिम्रै दानापानी जुराउने
पट्पटिएका गोडाहरूको अवसानमा
महंगा ह्वीस्की र स्कचका ग्लास ठोक्काउँदै ?
देख्छ देख्दैन
भ्रष्टाचारले फुलो परेका
तिम्रा आँखाहरूले
ऋण मोचनका निम्ति
अर्को तिनपुस्ते तमसुकमा
ल्याप्चे ठोकेर
मरुभूमी उड्न हतारिएका
रातभरी रुझेर ओभाउन नभ्याएका
ती निर्दोष आँखाहरू ?
सुन्छ सुन्दैन
बकम्फुसे वार्ताहरूले टालिएका
भरौटेले भर्ने तिम्रा कानहरूले
बुढी आमाले गिट्टीसँगै
आफ्नो खुशी फोडेको
ट्याकट्याक त्यो एकोहोरो आवाज ?
कति चढाउँछौ सहीदको सालिकमा
फूलमाला र अविर ?
कति गर्छौ नौटङ्की
एक मिनेट मौनधारणको ?
खै किन हो आजकाल
मेरा ऐंठनका हरेक मट्याङ्ग्राले
तिम्रै निधार खोजिरहन्छ,
एकोहोरो खोकिरहने
वृद्धाश्रमका हरेक बुढो फोक्सोले
तिम्रै नाम कल्पी रहन्छ
हे सरकार ! हे सरकार !
साथीहरू भन्छन्
मेरो सोच अराजक हुँदैछ अरे !
यदि मेरो ऐंठनको मट्याङ्ग्राले
तिम्रो निधारभित्रको
चेत खुल्छ भने,
यदि सत्ताको मातले तिलमिलाउँदै
डान्सवारका नाङ्गो तिघ्रा सिवाय अन्त
तिम्रा फुलो परेका
आँखा खुल्दैन भने,
यदि मेरो अराजकताले
सिंहदरबारको नीति निर्माणमा
केही सुधार हुन्छ भने
मलाई अराजक हुनुमा गर्व हुनेछ
त्यसैले महाशय !
विचार गरिहाल्नुस्
त्यसबेला मलाई
अराजक हुनुमा गर्व हुनेछ ।

जोरपाटी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x