साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देवकोटा सम्झँदै विशेष कविगोष्ठी

Nepal Telecom ad

पोखरा, ६ कार्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटालाई पोखरेली कविहरूले कविता वाचन गरेर सम्झिएका छन् । साहित्य, कला र सङ्गीतको उत्थानः हाम्रो प्रण भन्ने गुञ्जन र उद्घोषका साथ वि.संं २०३४ सालमा स्थापित पोखरेली युवा सांस्कृतिक परिवारले १ सय ६ औं लक्ष्मी जयन्ती विहीबार विशेष कवि गोष्ठीका साथ पोखरामा सम्पन्न गरेको छ ।

विशेष कवि गोष्ठीका प्रमुख अतिथि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले महाकवि देवकोटा विराट प्रतिभा भएको स्मरण गर्दै उनको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि सघन रुपमा स्मरणीय भएको चर्चा गर्नुभयो । उहाँले आफ्नो कविता पनि वाचन गर्नु भएको थियो ।
परिवारका सम्मानित आजीवन सदस्य कविवर तेजनाथ घिमिरेले देवकोटाकै कविता हरफ ‘के हो ठूलो जगतमा पसिना विवेक, उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ लाई स्मरण गर्दै पसिनाले श्रम र विवेकले चेतनालाई सङ्केत गरेको बताउनु भयो ।

संस्थाका सल्लाहकार कवि एवम् संस्कृतिकर्मी तीर्थ श्रेष्ठले देवकोटालाई सधैं अभाव र गरिबीमा बाच्नु परेको भन्ने भ्रमपूण्र्न तथ्यलाई परिमार्जित गर्नुपर्ने बताउँदै कविता वाचन गर्नु भएको थियो ।

विशेष कवि गोष्ठीमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ कवि रमेश श्रेष्ठ, भीम रानाभाट, बलराम पूर्णविराम सुरज उपाध्याय, डा.बसन्त गौतम, रुपिन्द्र प्रभावी कटु, अर्जुन अधिकारी, लक्ष्मण थापा, डा. चैतन्य अधिकारीले आआफ्ना रचनाहरू वाचन गर्नु भएको थियो । सुरेश रानाभाटले देवकोटाको ‘पात’ शीर्षकको कविता सुनाउनु भएको थियो ।

परिवारको अध्यक्ष सुरेश रानाभाटको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष दीपक समीपले स्वागत मन्तव्य राख्नु भएको थियो भने सचिव अर्जुन अधिकारी विशेष कवि गोष्ठीको सञ्चालन गर्नु भएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x